October 25, 2021

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थन निमार्णमा भारतको अवरोध

कार्तिक १५ पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जो कोही पनि ओर्लिदा कसको मन खुसीले रमाउँदैन होलार ? माछापुच्छ्रे हिमश्रृखलाको काखमा रहेको यो विमानस्थल विश्वमा रहेका विमानस्थलहरु भन्दा धेरै नै फरक हुनेछ भनाइको अर्थ यो हो कि विश्वमा रहेका विमानस्थलहरु भन्दा नम्वर १ को आर्कषण हुनेछ जसले गर्दा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा उडान गर्न संसारका धेरै मानिसहरु तछाड मछाड गर्ने छन् ।

पोखरा महानगरपालिकाको वडा नं १४ मा पर्ने छिन्नेडाँडा भन्ने स्थानमा अहिले यो विमानस्थल निर्माण भइरहेको छ तर विमानस्थल निमार्ण कार्यमा भारतको भर पर्दा अति नै गाह्रो भएको चिनिया ठेकेदार कम्पनीले गुनासो गरेको छ । चट्टान फुटाउन आवश्यक बिस्फोटक पदार्थ चीनतिरबाट नल्याएको हुँदा बिस्फोटक पदार्थ किन्न ६,७ महिना पहिलादेखि सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उप–समितिका संयोजक माधव कुमार नेपाल नेतृत्वमा आएको अनुगमन टोलीसँगको भेटघाटमा ठेकेदार कम्पनीका अधिकारीले उक्त गुनासो पोखेका छन् ।

कम्पनीका प्रोजेक्ट म्यानेजर जेरी याङले संसदीय समितिको टोलीलाई एयरपोर्ट निर्माणको गतिविधिबारे वताएका थिए । प्रोजेक्टका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जमिन खन्दा निस्केका ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेकोे बिस्फोटक पदार्थ भारतबाट किन्नुपर्ने हुँदा सम्बन्धित निकाए हुँदै प्रक्रिया भारतीय दूतावास पुगेको तर भारतीय दुतावासले वास्ता नगरेको जानकारी दिए ।

जमिन सम्याउने र धावनमार्गको स्वरुप तयार गर्ने काम भएको ,टर्मिनल भवनको जग तयार भएको र एयरपोर्टको अहिलेसम्म १७ प्रतिशत काम पूरा भएको छ । पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ३ हजार १ सय ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । सरकारले चिनियाँ ठेकेदार कम्पनीलाई सन् २०२१ जुलाई १० भित्र सक्ने गरी ठेक्का लगाएको हो । आयोजना लागत २२ अर्ब रुपैयाँ छ पेस्की स्वरुप २० प्रतिशत रकम उपलब्ध गराइसकेको छ । पूर्व प्रधानमन्त्री माधव नेपालले ठेकेदार कम्पनीका सम्पूर्ण अधिकारीहरुसँग छुट्टाछुट्टै भेटेका थिए । उनले विमानस्थल छिटो निर्माण गर्न निर्देशन समेत दिए । 

पोखरा विमानस्थल निर्माण पूरा भइसकेपछि आवश्यक हुने आकाशमार्गका लागि पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन । हाल काठमाडौंमा रहेको एक मात्र विमानस्थलमा एअर ट्राफिकको जाम बढ्दै गएको अवस्थामा यो विमानस्थलको निर्माण सम्पन्न भएलगत्तै एकातिर काठमाडौंको एअर ट्राफिक जाममा कमी आउनेछ भने अर्कोतिर सोझै पोखरा जान चाहने यात्रुहरूका लागि यसले सहजता प्रदान गर्नेछ । यो विमानस्थलको निर्माणपछि भारत, चीन, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया तथा मध्यपूर्वमा सीधा हवाइ उडान हुनेछ । त्यसको साथै प्रतिकूल मौसमका कारणले काठमाडौंमा अवतरण हुन नसकेका विमानहरू पनि पोखरामा अवतरण गर्ने वैकल्पिक ढोका खुल्नेछ । बङ्गलादेशको ढाका तथा भारतको कोलकत्ता, लखनउ लगायतमा लैजानुपर्ने बाध्यता हट्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*