June 16, 2021

स्याङजामा प्याराग्लाइडिङ वल्डकप हुने

असोज १८ पोखरा :

नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्ड कप स्याङजामा हुने भएको छ । कार्तिक १५ देखि १८ गते सम्म स्याङजामा हुने वल्डकपको तयारी तिव्र बनाइएको छ ।

प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरिएको हो ।

यस वल्डकपले नेपालको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पुग्ने बाबु एडभेन्चर क्लबका सानोबाबु सुनुवारले बताए ।
पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङजाको भिरकोटमा हुने भएको छ । उनले भने वल्र्ड कप गर्नको लागि प्याराग्लाइडिङ उडान ९टेकअफ० को लागि कम्तिमा ४० वाई ४० मिटर र अवतरण९ ल्याण्डिङ० को लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएको उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसक्दा पोखराको बिल्कपमा स्याङजाके भिरकोट छानीएको हो ।

कास्कीको सराङकोटस्थित तोरीपानीको क्षेत्रमा १४ रोपनी जग्गा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त देखेर आफुहरुले पोखरा महानगरपालिका–२४ बाट समेत अनुमति लिई महानगरपालिकामा अनुमतिका लागि फाइल पेस गर्दा काम अघि नबढेको र । पोखरा महानगरपालिकाले सहमति मात्र दिएको खण्डमा आफूहरुले प्याराग्लाइडिङ प्रतियोगिताको लागि न्यूनतम आवश्यक पूर्वाधार निर्माणमा गर्न लाग्ने हवाई खेलकुद संस्था नाका अध्यक्ष तथा प्रशिक्षक योगेश भट्टराईले बताए ।

यस बिषयमा पोखरा महानगरापालिकाका उपमेयर मन्जुदेवि गुरुङले उक्त प्रतियोगिताको लागि आफुहरु सहितको टोलीले जग्गा अवलोकन गरे पनि प्रतियोगिता आयोजक र व्यवसायीहरुले महानगरपालिकासंग पछि कुनै समन्वय नगरेको बताइन। व्यवसायिहरुले महानगरपालिकामा तिर्नुपर्ने कर नतिरेर पोखराको विकल्पमा अनेत्र जानु उचित नभएको उनले बताईन। उनले भनिन“ प्याराग्लाइडिङ व्यवसायीहरुसंग हामीले पटक पटक छलफल गरी कर तिर्न आग्रह गर्दा अटेर गरेका छन अब हामी छिट्टै बैठक राखेर करा दायरामा ल्याउने तर्फ लाग्छौं ।

पोखरा महानगरपालिकाले प्रति प्याराग्लाइडिङ कम्पनीले बार्षिक रुपमा एक लाख रुपैया राजश्व तिर्नुपर्ने बताई रहदा व्यवसायीहरुले भने पाँच तारे होटलको बार्षिक नविकरण शुल्क बराबर २७ हजार तिर्न तयार रहेको बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*