June 16, 2021

कास्की प्रहरीका चाडपर्व विशेष सुरक्षा योजना

असोज १८ पोखरा

हिन्दुहरुको महानचाड बिजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा ल्होसार लगायतका महत्वपूर्ण चाडपर्वहरुको पूर्व सन्ध्यामा पर्यटकीय शहर पोखरा संगै जिल्ला भित्रका ग्रामीण भेगलाई समेत १६ थरीका कमाण्ड बनाइ प्रहरी परिचालन गरी कास्की प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी  चाडपर्व विशेष सुरक्षा योजना २०७५ लागु गरेको हो ।

 कास्कीमा  नेपाल प्रहरीको ५ सय ८६ जना प्रहरी परिचालित गर्नेछ ।  मोटरसाइकल गस्ती, राजमार्ग गस्ती,  मोवाइल गस्ती, पैदल गस्ती, विशेष चेकिङ, एमबुसिङ, तत्काल उद्धार टीम लगायतका समुहहरु परिचालित  हुने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले वताए ।

प्रहरी  अनुसार  १६ थरीका कमाण्डद्धारा कास्कीलाई सुरक्षा दिइने छ । जसमा १ कमाण्डपोष्ट, पोखरा भित्र ९ ठाउमा कन्ट्रोल रुम भेहिकल सञ्चलन हुनेछनभने १० वटा अस्थाइ प्रहरी पोष्ट, १४ वटा ग्रामीण इकाइ गस्ती, ५ वटा हाइवे पेट्रोलिङ, ६ वटा मोवाइल गस्ती, बैङिकङ क्षेत्रलाई लक्षित गरी १६ वटा मोवाइल गस्ती, ११ ठाउमा पैदल गस्ती, १९ वटा एम्बुसिङ जतिवेला जहापनि चेकिङ गर्न सक्ने चेकिङ, १२ वटा भिगरस चेकिङ, ३ वटा वजार अनुगमन टोली, तत्काल उद्धार तथा रेस्पोन्स गर्नका लागी ५ वटा टीम, कर्डन एण्ड सर्च ५ , ३ वटा धार्मिक क्षेत्रमा विशेष सुरक्षा टोली, ६ वटा सादा पोशाकको प्रहरी टोली र २ वटा टोली यात्रु सहायता कक्षमा परिचालन गरिनेछ ।

कास्की प्रहरीले ग्रामीण क्षेत्रको सुरक्षालाई ध्यानमा राखी विभिन्न ग्रामीण भेगमा पैदल गस्ती परिचालन गर्ने जनाएको छ । विशेष गरी प्रहरीले ग्रामीण भेगमा सञ्चालित सवारी साधनहरुलाई विशेष निगरानीमा राखी चेकजांचलाई निरन्तरता दिने भएको छ । प्रहरीले सिट क्षमता भन्दा वढी यात्रु राख्न र छतमा यात्रा गर्न रोक लगाउने, अलपत्रमा परेका यात्रुहरुलाई विशेष ध्यान दिने, यात्रुहरु तथा सवारी चालकहरुलाई अनावश्यक झन्झट नदिने तथा सहज वातवरण मिलाउने, कुनैपनि घटना घट्नासाथ तत्काल रेस्पोन्स गर्ने, कुनैपनि समस्या घट्न सक्ने अवस्थाको पूर्वानुमान गरी तत्काल उद्धार तथा रेस्पोन्स टीमको ब्यवस्था गर्ने, २४ सै घण्टा राजमार्ग गस्ती गर्ने, अवैध घरेलु मदिरा, लागुऔषध र जुवातास नियन्त्रणलाई विशेष मुद्धा बनाइ प्रहरी परिचालन गर्ने भएको छ ।

त्यसैगरी राजमार्गहरु कोत्रे, गगनगौडा, बिजयपुर र तालचोक, याम्दी, हेम्जा, कालिमाटी, खाडेखोला तथा अन्य संकास्पद एरियाहरुमा कुकुर सहितको चेकिङ गर्ने । वसपार्कहरुमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने, दशैको वेलामा पोखरा भित्रिने भेडा च्याङग्रा ब्यापारीहरुलाई दुख दिने गुण्डागर्दीमा संलग्न हरुलाई कारबाहीको दायरामा ल्याउन कास्की प्रहरी सक्रिय भएर लागी पर्ने भएको छ । चडपर्वको वेला ब्यापारिक केन्द्रहरुमा भीड लाग्ने र चोरी डकैतीका घटना हुन सक्ने भएकाले त्यसको विशेष निगरानी राख्नुका साथै धार्मिक मठ मन्दिरहरु तालबाराही, बिन्दबासिनी र भद्रकालीमा बिहान देखी बेलुका सम्म विशेष सुरक्षा ब्यवस्था कायम गरिने भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*