August 4, 2021

गण्डकी प्रदेश घटना र विचार : भाद्र २७

भाद्र २७ पोखरा

म्यादी :
अबिरल बर्षाको कारण रघुगंगा गाउँपालिका ८ घ्यासीखर्क बस्ने ५३ वर्षीया मन माया छन्त्याल घरबाट बाहिर निस्किएको अवस्थामा नजिकै रहेको बिजुलीको पोल ढल्न गई करेन्ट लागी घटनास्थलमानै मृत्यु भएको छ ।

मुस्ताङ :
मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ गाउँपालिका २ का गेल्पु शेर्पालाई पक्राउ गरेको हो ।
उनीहरुले होटलबाट १ लाख १५ हजार नगद, १० तोला सुनको बाला, १ थान सुनको औँठी, काण्डिमाला १ थान, सुलेमाला २ थान, चाँदिको दिग्रा २ थान र मोति माला लगायतका धनमाल चोरी गरी फरार भएका थिए । प्रहरी टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका ४ काठेपुलबाट चोरी भएका धनमाल सहित नियन्त्रणमा लिईएको छ।

नवलपरासी :
त्रिबेणी गाउँपालिका ६ साहुमारा पुल नजिकै भित्री सडक खण्डमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको BR22AC1391 नम्बरको भारतीय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुस्ता गाउँपालिका४ घर भएका १९ वर्षीय रोशन तामाङको घटनास्थलमानै मृत्यू भएको छ

तनहुँ :
बन्दिपुर नगरपालिका १ चिसापानीमा लम्जुङको सुन्दरबजार (२ हाडीटारका २१ वर्षीय गौरब कुमाललाई बिजुलीको पोल नजिकै फाइबरको काम गर्ने क्रममा करेन्ट लागी घाईतेको र उपचारको लागी पठाएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*