
स्याङजा
२०३३ सालमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय फैसला भई फरार रहेका चापाकोट नगरपालिका ८ बगैचाका ६५ वर्षिय देवि बहादुर घर्तिलाई दाजुको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
तनहुँ
शुक्लागण्डकी नगरपालिका ६ खैरेनिटार, पृथ्वी राजमार्गमा मिलडाँडाबाट खैरेनिटारतर्फ जाँदै गरको ग १२ प ८९१६ नको स्कुटरले साईकल यात्री जगन्नाथ तिमिल्सीनालाई ठक्कर दिँदा घाईते स्कुटर र चालकलाई प्रहरीको नियन्त्रणमा ।
गोरखा
शहिदलखन गाउँपालिका ३ त्रिवेणीमा हालसम्म नाम, थर, वतन नखुलेको अंन्दाजी ५०।५५ वर्षको पुरुष व्यक्तिको शव फेला परेको छ घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङजा गल्याङ नगरपालिका ३ गल्याङ बजारमा नेपालगञ्ज रुपैडिहा नाका हुँदै पोखरातर्फ आउँदै गरेको सवारी नम्बर प्लेट र कुनै पनि कागज पत्र नभएको भारतीय बोलेरो जिप नियन्त्रणमा आवश्यक कारवाहीको लागि रुपन्देही भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
कास्की
पोखरा ५ मालेपाटनमा ग १४ प ६७०९ नं।को मोटरसाईकलले ग १० प ७२९१ नं।को स्कुटरलाई ठक्कर दिंदा पाँच जना घाईते भएका छन् । घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर बस्ने वर्ष ३३की रिता थापा, स्कुटर पछाडी सवार वर्ष ३५की रमा बानिया, वर्ष ६की प्राप्ती बानिया, मोटरसाईकल चालकपोखरा १५ नयाँगाउ बस्ने वर्ष २१को टेक बहादुर गुरुङ र पछाडी सवार वर्ष २०की मनिता गुरुङ रहेको प्रहरी उपरीक्षक नवराज भट्ट जनकारी दिए
Leave a Reply