October 25, 2021

पर्यटन विकासका लागि गोरखाको पाँच्यान गाँउमा होमस्ट संचालन

रोहीत वस्नेत
भाद्र ९, पोखरा : पृथ्वी राजमार्गमा मुग्लिनबाट पोखरातर्फ जाँदा दमौली नपुग्दै आउने डुम्रे बजारमा दुई बाटा छन् । सोझै गए पोखरा, पूर्व–उत्तर लागे लमजुङ पुगिन्छ । लमजुङ पुग्ने बाटो हुँदै अघि बढ्दा तुरतुरेबाट पालुङटारको बाटो छुट्टिन्छ । तुरतुरेबाट मस्र्याङ्दी नदी तरेपछि पालुङटार पुगिन्छ । बाटामा वर्षौंदेखि जहाज आउजाउ हुन छाडेको पालुङटार एयरपोर्टको घाँसे मैदान भेटिन्छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईको यो क्षेत्र नेपाल ऐतिहासिक, धार्मिक, सास्कृतिक, पुरातात्विक तथा पर्यटकीय गन्तव्य स्थलका रुपमा चिरपरिचित गण्डकी प्रदेशको गोरखा जिल्ला पालुङ्गटार नगरपालिकाको ऐतिहासिक लिगलिगकोट दरबार, त्यही लिगलिगकोट दरबारको काखमा रहेको गाँउ हो पाच्यान गाँउ । यो गाँउ समुन्द्री सतहदेखि एघार सय चालिस मिटर अर्थात ३२७० फिट उचाईमा अवस्थित रहेको छ । यस गाँउमा गुरुङ्ग जातिको बसोबास रहेको छ भने यस गाँउबाट देखिने मनोरम दृश्यहरुमा उत्तर तिर हे¥यो भने सेतो सेतो हिराको दाना जस्तो टहटह ठल्किने हिमालहरुमा बौद्ध हिमाल, मनासुलु हिमाल तथा घोडे हिमाललाई देख्न पाइन्छ । पश्चिममा त्यही हिमालबाट कलकल बगेको चेपे र मस्र्याङ्गदी नदी समेत देख्न सकिन्छ । तराई जस्तै देखिने ठुला ठुला पालुङ्गटार नगरपालिकाभित्र रहेका फाँट तथा बस्तीहरु हुदै छिमेकी जिल्ला लमजुङ्ग र तनहुँको मनोरम दृश्यहरु समेत अवलोकन गर्न पाइन्छ तथापी पनि यस गाँउको आफ्नै ऐतिहासिक इतिहास भने भिन्न प्रकारको छ ,

विगत १६१६ सालतिरको कुरा रहेछ लिगलिगकोटमा दौडेर राजा हुने प्रचलन थियो रे । यसै दौड चेपे र मस्याङ्गदी नदीको किनारबाट सुरु भयो तब द्रब्य शाहा भन्दा ५ जना धावाक अघि अघि आउदै थिए । तत्पश्चात तिनीहरुलाई बसेको द्रव्य शाहको सेनाले ५ जनालाई एकै ठाँउमा काटेर एउटै चिहान बनाएको हुनाले यस गाँउको नाम पाँच्यान हुन गएको हो भन्ने किम्वदन्ती छ । अव यस गाँउलाई स्थानीय बासीको जीवन स्तरमा परिवर्तन ल्याउने आर्थिक समृद्धिमा टेवा पु¥याउने हेतुले पाँच्यान होमस्ट्रेमा परिणत गरी आम्दानीको मुख्यश्रोत बनाउने यहाँको स्थानियबासिन्दाको चाहाना रहेको बुझिन्छ ।

यसै अनुरुप यस गाँउलाई पूर्वाधार विकासमा पालुङ्गटार नगरपालिका वडा नं. ३ मार्फत काम अगाडी बढेको पाँच्यान गाऊँ सामुदायिक होमस्टेका अध्यक्ष सन्त बहादुर गुरुङ्गले जानकारी दिए ।

होम स्टेका दिर्घकालीन योजनाहरु र तेसमा लाग्ने रकम निम्नलिखित छन्ः
१. होमस्ट्रेमा पाल्नु हुने सम्पूर्ण पाहुना महानुभावहरुलाई स्वागतार्थ को लागी — अर्थात हामस्ट्रे समाज घर निर्माण लागत रकम रु २५,००,००÷— (पच्चिस लाख मात्र) आर्थिक रकम आवश्यकता परेको छ ।
२. विगतमा दौडेर राजा हुने प्रचलन थियो सोही समयमा जव द्रव्य शाह दौडेर राजा हुने क्रममा द्रव्य शाहको सेनाले जंगलमा लुकेर बसी ५ जना धावकलाई मारी एकै च्यान पारिएको हुँदा यस गाँउलाई पाँच्यान गाउँ नामाकरण गरिएको हो भन्ने किम्वदन्ती भनाईलाई सार्थक बनाउन र इतिहास कायम राख्न मृतक ५ जनाको स्मृति शालिक निर्माण गरि पर्यटन विकासमा टेवा पु¥याउन ५ जनाको शालिक निर्माण गर्नुपर्ने भएको हँुदा त्यसका निम्ति लाग्ने आर्थिक रकम रु १५,००,०००÷—(प्रन्ध लाख) आवश्यकता परेको छ ।
३. यस पाँच्यान गाँउलाई होमस्टे«मा परिणत गर्ने र यस गाँउमा आउनु हुने पाहुना महानुभावहरुलाई आकर्षणको रुपमा ध्यान केन्द्रित बनाउन एउटा पर्यटकीय पार्क समेतको आवश्यकता भएको हुँदा यसमा लाग्ने आर्थिक रकम रु १२,००,०००÷— बाह्र लाख) रकम नेपाल सरकार बाट प्राप्त भए अन्य गाउँलेहरुले समेत श्रमदान गर्ने योजना भएको होमस्टे संचालकहरु बताउँछन् ।
४. मेन सडकदेखि पाँच्यान गाउँभित्र भएका गोरेटो बाटोहरुलाइ तेर्सो गल्ली भए ढुङ्गाको स्ल्याप तथा घरबाट अर्कोघरमा जाने काँही उकालो गल्ली भए सिढी निर्माण गरी गाउँभित्र रहेका गोरेटो बाटोहरुलाई व्यवस्थित गराई सरसफाईमा ध्यान केन्द्रित गरी पाहुना महानुभावहरुको आकर्षणलाइ मध्यनजर गरी गोरेटोबाटो बनाउनु पर्ने भएको हुँदा त्यसको लागि लाग्ने रकम रु,७,०००००।— ( सात लाख मात्र ) आवश्यकता परेको छ।
५. पाँच्यान गाउँ ग्रामिण खेल मैदाान निर्माणको लागी आर्थिक रकम रु,५,००,०००।— (पाँच लाख) आवश्यकता परेको छं ।
६. पाँच्यान गाउँलाई ग्रामिण कृर्षिखेती मार्फत स्थानिय बासिन्दालाइ नगदे बाली लगाउन प्रोत्साहन गर्ने र व्यवसायिक कृषि तालिमको व्यवस्था गर्ने तथा नेपाल सरकारबाट अनुदानको माग गर्दै रु, ५,०००००।— (पाँच लाख) आवश्यकता परेको छ ।
७. पाँच्यान गाउँ सामुदायिक होमस्टे सञ्चालन गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुलाई विभिन्न समयमा सिपमुलक तालिम जस्तै कुक, वेटर, क्लीनर जस्ता व्यवसायिक प्रशिक्षण कार्यक्रम गर्नु पर्ने भएको हुँदा आर्थिक सहयोग समेत आवश्यतकता परेको संचालकहरुले सुनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*