September 23, 2021

कास्की प्रहरीद्धारा ३,७५,४२० नगद सहित जुवाडे पक्राउ

असार ३० पोखरा कास्की प्रहरीले ३ लाख ७५ हजार ४ सय २० नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरका कबिन तुलाचनले अवैध रुपमा जुवातास खेलाइरहेको अवस्थामा ७ जना जुवाडे सहित नगद रु. ३,७५,४२० र  चार बुक तास पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छाका सञ्चालक कबिन तुलाचन, पोखरा ९ महेन्द्रपुल बस्ने भुपेन्द्र हिराचन, पोखरा ७ एयरपोर्ट बस्ने प्रेमकुमारी गुरुङ, पोखरा ५ जिरो किलोमिटर बस्ने ठाकुर प्रसाद गुरुङ, रोल्पा थवाङ घर भइ पोखरा ५ पस्र्याङ बस्ने दिल बहादुर घर्ती , म्याग्दी अन्नपूर्ण गाउपालिका ३ बस्ने भीमा पुन र मुस्ताङ घरवाझोङ गाउपालिका ३ बस्ने फनेल्द्र थकाली रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*