December 9, 2021

लेकसाईड स्थित होटलमा विदेशी नागरिक मृत भेटिए

असार २५ पोखरा : पर्यटकीय क्षेत्र पोखराको लेकसाईड स्थित एक होटलमा विदेशी नागरिक मृत भेटिएका छन् । पोखरा महानगरपालिका ६ लेकसाईड लालुपाते मार्ग स्थित होटल सेन्चुरीमा पासपोर्ट नम्बर ९२२४६९९३ का स्विडेन नागरिक मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त होटलको कोठा नम्बर ८ मा बस्दै आएका ५९ बर्षीय काइलोफएभेन्डर मृत भेटिएका हुन् । अप्रिल १६ गते देखि उक्त होटलमा बस्दै आएका थिए । सोमवार दिउसो २ बजे उनी कोठामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*