September 27, 2021

डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखिकरण

पोखरा, २२ असार ः पश्चिमाञ्चल होटल संघ पोखराले आफ्ना सदस्य होटलका संचालक तथा तिनका कर्मचारीका लागि शुक्रबार डिजिटल मार्केटिङ सम्बन्धित अभिमुखिकरण प्रदान गरेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो ।

२१ औं शताब्दीको प्रतिस्पर्धात्मक जमनामा पोखरेली होटल क्षेत्रलाई समेत अनलाइन तथा डिजिटल मार्केटिङ सम्बन्धी ज्ञान हुन जरुरी भएको महसुस गरी कार्यक्रम संचालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कार्यक्रमका अवसरमा सोसल मिडिया, वेबसाइटबाट गरिने मार्केटिङ, होटल बुकिङ सम्बन्धी पोर्टलहरु र इकमर्स जस्ता विषयलाई समेटिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

लङटेल इमिडियाका प्रवबन्ध निर्देशक विश्वास बज्राचार्य र मार्केटिङ डाइरेक्टर विपीन बज्राचार्यले सहभागीहरुलाई उल्लेखित विषयमा प्रस्तुती देखाउँदै थप प्रष्ट पारेका थिए । कार्यक्रमका प्रमुख बक्ता नेपाल पर्यटन बोर्ड प्रदेश ४ कार्यालयका प्रमुख सूर्य थपलियाले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि डिजिटल मार्केटिङको महत्वपूर्ण भूमिका हुने स्मरण गराउँदै होटल व्यवसायी र कर्मचारीलाई थप दक्ष बनाउन सो कार्यक्रम उपयोगी हुने भनाई राखेका थिए । आगामी दिनमा पनि बोर्डले यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास उनले दिलाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*