
पोखरा, २१ असार र पोखराको पर्यटकीय लेकसाइड क्षेत्रमा विभिन्न ठाउँबाट चोरीमा संलग्न केही व्याक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले विगत १ महिना देखि नै बिषेश अनुसन्धान टोलि परिचालन गरी चोरीमा संग्लन ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
चोरी गरिएको सामानसहित प्रहरीले दुइ जना युवालाइ सार्वजनिक गरेको छ । प्रहरीले बिभिन्न स्थानहरुमा भएका चोरीको घटनाको सिटिटिभि फुटेज तथा मोबाईल तथा ल्यापट बनाउने पसलहरुमा प्रहरीले समन्वय गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थाई घर भई हाल पोखरा ७ मासबार बस्ने ४१ बर्षिय डोर बहादुर बुढा जिवन बुढाको डेरा खानतलासी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम कास्कीको बिशेष टोलिले सामाग्रीहरु फेला पारेको हो ।
बढालाई सोधपुछ तथा अनुसन्धान गर्दै जादा सम्पर्कमा धादिङ साविक सेरतुङ गाबिस वडा नं २ घर भई हाल ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङलाई पक्राउ गरेको छ । दुबै मिलि लेकसाइडका विभिन्न स्थानबाट सामाग्रीहरु चोरी गरेको फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
बरामद भएका सामानहरु
- Samsung galaxy tab s2
- HP laptop र कभर
- Oppo A375 मोवाईल
- OppoF1S मोवाईल
- Oppo F3 मोवाईल
- Samsung galaxy c7 pro मोवाईल
- Samsung galaxy s5 मोवाईल
- Samsung galaxy GT_56790 मोवाईल
- Samsung SMB313E/D मोवाईल
- HTC PNO7140 मोवाईल
- Apple A1474 iPad
- Logitech wireless keyboard
- Samsung NP-QX 411-WO1UB
- Mobile cover-६ थान.
- सिल्भर रङको Power bank
- सेतो रङको power bank
- IPad
- कालो रङको टोपि
- Sony camera
- Axle router
- Deuteraer stripes कालो रङको छालाको झोला
- विभिन्न रङका झोला हरु-६ थान.
- कालो रंङको छालाको झोल
- सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान
- सुनको जस्तो देखिने घाटिमा लगाउने “J” लेखेको लकेट भएको सिक्री
- सुनको जस्तो देखिने धातुको बेरुवा औठि
- सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि
- नगद रु.१,१८,५००।–
- निलो विड भएको पेचकस
- हेक्सा ब्लेड
- हातको पन्जा
- सेल्फि स्टिक
- डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।
Leave a Reply