August 4, 2021

पर्यटन प्रबद्र्धनका लागि भारतीय जनता पार्टीको सहयोग : उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठी

पोखरा, ११ असार :  भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठीले पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढी भन्दा बढी पर्यटक तान्न पर्यटन मैत्रीपूर्वाधार निर्माणका लागि सुझाव दिएका छन् ।

पोखरा चार दिने निजी भ्रमणको क्रममाआएका त्रिपाठीले फेवाताल, गुप्तेश्वर गुफा लगायत अन्य पर्यटकीय स्थलको सुन्दरताबाटआफू प्रभावित भएको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले क्षेत्रीय पर्यटन प्रबद्र्धन अभियान अन्तर्गत विगत केहीवर्ष यताउत्तर भारतका विभिन्न शहरमा चलिए पोखरा अभिायन संचालन गर्दै आएको सन्दर्भमा प्रबक्ता त्रिपाठीसँग सोमबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो ।

प्रबक्ता त्रिपाठीले भारतको लखनउबाट आफू पोखरा आउँदा सिमापार आएजस्तो अनुभव नै नभएको र आफ्नै घरमा रहे जस्तो अनुभवभएको बताए । नेपालसँग भारतको सामाजिक र सांस्कृतिक सम्बन्धनिकै निकटको रहेको भन्दैपोखरा र समग्र नेपाललाई भारतमा प्रबद्र्धनका लागि आफू र आफ्नो दलले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि त्रिपाठीले जनाए । पोखरामा विभिन्न देशकापर्यटक आउने सन्दर्भ सम्झाउँदै उनले एक देशका पर्यटकका गतिविधिले अन्यदेशको राष्ट्रियतामा आँचन आओस् भन्ने विषयमा व्यवसायीले ख्याल गर्नुपर्ने  उनले सुझाव  दिए ।पर्यटकका लागि सडक र बाटो प्रमुख पक्षभएकोे सम्झाउँदै उनले नेपाल र भारतको सिमा क्षेत्रमा दुबै तर्फ सडकको सुधार कार्य अगाडि बढ्दै गरेको आफूले पाएकोे बताए ।

सो अवसरमाबोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले पोखराको पर्यटकीय विकासका लागि महानगरले पर्यटन मैत्रीपूर्वाधार निर्माण गर्नेतर्फ अग्रसरता बढाएको बताए । पोखराको सुन्दरबाट धेरै पर्यटक प्रभावितहुने गरेको सन्दर्भ केलाउँदै उनले यो शहरको भ्रमण नगरे जीवनमा धेरै कुरा छुटेजस्तो अनुभवहुने दाबी समेत गरे । सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा सफलबनाउने तर्फ समेत आफूहरु सचेत रहेको प्रमुख जिसीले बताए ।

पश्चिमाञ्चलहोटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भारतमा पोखरालाई प्रबद्र्धन गर्ने उद्धेश्यअन्तर्गत नै उक्त छलफल कार्यक्रम आयोजना गरिएको बताए । चलिए पोखराको आगामी श्रृंखलाको तयारीको रुपमा समेत सो कार्यक्रमलाई बुझ्न सकिने उनले सुनाए । भारतका केही शहरहरुलाई लक्षित गरी चलिए पोखरा अभियान पुनः सुरु गरिने जानकारी पनि  दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*