October 25, 2021

पोखरामा दीगो पर्यटन प्रमाणिकरण सम्बन्धी चर्चा

पोखरा, ६ असार /दीगो पर्यटन संचालन र यसको मुल्यांकनका लागि इन्टरनेट र वेबसाइटमा आधारित प्रमाणिकरण अभियानमा सहभागी हुन लण्डनमा मुख्य कार्यालय रहेको ट्राभलाइफ कम्पनीले आव्हान गरेको छ । व्यवसायको दीगो पना र लागत न्यूनिकरणका लागि उक्त संस्थासँग सहकार्य गर्दै प्रमाणिकरण अभियानमा सहभागी हुन सकिने सो संस्थाका सदस्यता विभागका एक कार्यकारी लुकास टेलरले पोखरामा आयोजित कार्यक्रममा जानकारी दिए ।

५० देशका एक हजार पाँच सय भन्दा बढी पर्यटकीय कम्पनीहरु यो प्रमाणिकरण प्रक्रियमा अगाबद्ध रहेको र २७ जुलाई सम्म सम्पर्क गरी उक्त प्रणालीमा आबद्ध भए ५० युरो छुट समेत उपलब्ध हुने अर्की कार्यकारी निकोल सउटरले जानकारी दिइन् । होटल, ट्राभल कम्पनी तथा अन्य पर्यटकीय संघसंस्था यो प्रणालीमा आबद्ध हुन सक्ने उनले बताइन् ।

पश्चिमाञ्चल होटल संघ पोखराको सहकार्यमा ट्राभलाइफ डट ओआरजीले आयोजना गरेको कार्यक्रममा पोखराका होटलकर्मी तथा तिनमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । दीगो पर्यटन अभियान र पर्यटकीय प्रतिस्ठानको संचालन खर्च न्यूनिकरण निकै महत्वपूर्ण पाटो भएको विषयलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

यो प्रणालीमा आबद्ध भएपछि व्यवसायीले आफ्नो दीगो पना सम्बन्धि अवस्था र प्रस्तुतीको मुल्यांकन सो वेबसाइट मार्फत् गर्न सक्छन् । दीगो पर्यटनलाई अँगालेर प्रदान गरिएको पर्यटकीय सेवा सुविधाको माग विश्वव्यापी रुपमा बढ्दै गएको समेत सो अवसरमा चर्चा गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*