November 28, 2021

विश्वकप फुटवलको पोखरा लेकसाइडमा रौनक

रोहीत वस्नेत
पोखरा, जेठ ३१ विश्वकप फुटबल २०१८ को आज पहिलो दिन विश्वभरका खेलप्रेमीहरुमा आज छुट्टै खालको जाँगर पलाएको छ ।  विश्वकपको उपाधि कसले जित्ला ? कसले गोल्डेन बुट पाउला ? कसले सुनको बल जित्ला ? सवैका ओठमा विश्वकपको गफ चलेको छ ।

नेपालमा पनि विश्वकप फुटबल चाडपर्व भन्दा कम छैन पसलहरुमा टिभि, प्रोजेक्टर धमाधम विक्री भएका छन् भने टि—सर्ट पसलमा किन्ने मान्छेको भिड लागेको देखिन्थ्यो विभिन्न देश अंकित टि—सर्टहरुको बजार भाउ बढेको छ ।

यता पोखराको पर्यटकक्षेत्र लेकसाईड झलमल भएको छ साना तिना होटल, रेष्टुरेण्ट वारहरुमा विश्वकपको अर्कै माहोल छाएको छ कोइला प्याराडिसो, ओपन हाउस, दरबार आइरिस पव, बिजी बी अक्सीजन बार लगायतका रेस्टुरेन्टले ठूलो पर्दामा प्रोजेक्टरमार्फत विश्वकप देखाउँदै छन् ।

उता जिल्ला प्रशासन कार्यालय कास्कीले विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनै पनि शुल्क उठाउन नपाउने प्रशासनले ११ बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको हो।

३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा विश्वकप खेल्नेछन्   नेपाली समयअनुसार तालिका यस प्रकार रहेको छ।
जेठ ३१
साँझ ८ः४५, साउदी अरेबिया र रुस पहिलो समूह
असार १
साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, इरान र मोरक्को दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह
असार २
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह
असार ३
साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह
असार ४
साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह
असार ५
साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह
असार ६
साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह
असार ७
साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह
असार ८
साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह
असार ९
साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह
असार १०
साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह
राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह
असार ११
साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह
असार १२
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह
असार १३
साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह
असार १४
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह
का खेलहरु छन् भने असार ३१ गते फाइनल खेल हुनेछ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*