August 4, 2021

होटल ग्लासियरका कर्मचारीलाई दुई दिने रिट्रिट

पोखरा १९ जेठ । पोखराको होटल ग्लासियरले आफ्ना कर्मचारीलाई दुई दिने रिट्रिट दिएको छ । होटलका कर्मचारीलाई पर्यटकिय सेवा सुविधा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले शुक्रवार र शनिवार दुई दिने रिट्रिट प्रदान गरिएको हो ।

होटल सञ्चालक राजेन्द्र ढकालका अनुसार कास्कीको ग्रामिण पर्यटकिय स्थल ल्वाङमा लगेर सम्पूर्ण कर्मचारीलाई एक साथ रिट्रिटमा सहभागी गराइएको थियो । होटलको सेवा सुविधाको अतिरिक्त पोखरा र आसपासको क्षेत्रको पर्यटकिय संभावना, सेवा सुविधा लगायतका विषयमा पर्यटकलाई भविश्यमा थप जानकारी प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले रिट्रिटको आयोजना गरिएको सञ्चालक ढकालले जानकारी दिए ।

‘पहिले आफु पर्यटक भएर प्राप्त गर्ने सेवा सुविधा र अनुभवलाई आगामी दिनमा पर्यटकका लागि थप स्तरीय र प्रभावकारी रुपमा पस्कन सकुन् भन्ने उद्देश्यले कर्मचारीको क्षमता बृद्धिका लागि रिट्रिट आयोजना गरिएको हो ।’, ढकालले भने ।

रिट्रिटमा ५० कर्मचारी र दुई जना सञ्चालक गरी ५२ जना सहभागी थिए । आफ्नो होटलको सेवा सुविधाको साथै क्षेत्रीय विविधता र स्थानीय उत्पादनको प्रबद्र्धनका लागि पर्यटकिय क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता अभिबृद्धिमा जोड दिन रिट्रिट उपलब्धिपूर्ण भएको सञ्चालक ढकालको दावि छ ।  साथै कर्मचारी र सञ्चालकको सम्बन्ध थप प्रगाढ बनाउन पनि यसले सहयोग पुगेको उनले बताए ।

सन् २००४ देखि सञ्चालनमा रहेको ग्लासियर होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पोखरामा छुट्टै ब्राण्डको रुपमा स्थापित हुन सफल यो होटलले गुणस्तरीय सेवा प्रवाह गरे वापत ट्रिप एडभाइजर अवार्ड समेत प्राप्त गरिसकेको छ । ग्लासियर होटल एन्ड स्पाः ‘बुटिक होटल’ हो ।  स्वदेशी ढुंगा र कुदेर आकर्षक रुपमा बनाइएको होटलमा वाहिरी संरचना हेर्दा जति स्तरिय छ भित्री सेवा सुविधा पनि उत्तिकै स्तरीय छन् । होटलमा पाक्ने परिकार विशेषत ढुंगाकै प्लेटमा सजाएर पाहुँनालाई दिने गरिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*