June 16, 2021

विश्वकै महंगो नेपाली एयरलाइन्सको हवाई भाडा

काठमाडौं । नेपालको आन्तरीक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका यति र बुद्धले लिएको भाडा सबैभन्दा महंगो देखिएको हो ।

रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १।०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १।१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।
विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०।०६ अमेरिकन डलरमा उडान गराईरहेको छ ।

यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०।०७ मा उडान गराइरहेको छ । इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०।०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*