August 4, 2021

दासढुंगा काण्ड दुर्घटना थियो वा हत्या ?

रोहीत वस्नेत

पोखरा ३ जेठ आजभन्दा २५ वर्ष अगाडि अर्थात् २०५० साल जेठ ३ गते सोही आजको दिन नारायणगढ र मुग्लिनको विचमा पर्ने दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर मदन भण्डारी र जीवराज आश्रित को मृत्यु भएको भयो । यो हत्या वा दुर्घटना थियो अझैसम्म पत्तालाउन सकेको छैन् ।

उक्त दुःखद घटना भएको आज २५ वर्ष भयो तर अहँ यो अवधिभरीमा नेकपा एमाले पटकपटक गरी १० पटकसम्म सरकारमा गयो भण्डारी पत्नी विद्यादेवी भण्डारी मुलुककै सर्वोच्च पदमा आशिन छिन् । तर आफ्ना नेता र श्रीमान् को रहस्यमय मृत्युको कारण खोज्न सकीएको छैन ।

घटनाका एकमात्र साक्षी गाडी चालक अमर लामा जिउँदै थिए सडकबाट करिव ५० मिटर तल गुल्टिँदै गएको जीपको ड्राइभर कसरी सकुशल रहन सक्छ र  ?उसका धेरै कुराहरु शंकास्पद देखिए । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटी लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्यो त्यो पनि रहस्यमय भयो । अझै यो घटना पत्ता लगाउने कति बर्ष कुर्नु पर्ला  ?  हामी सधै तेसको प्रतिक्षामा रहने छौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*