August 4, 2021

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक

पोखरा, १४ वैशाख /पोखराका पर्यटन व्यवसायी तथा रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा पूर्ण कुमारी (मिठू) भट्टराईको ७५ बर्षको उमेरमा शुक्रबार दिउँसो लेकसाइडको आफ्नै निवासमा करीव ३ बजे स्वर्गारोहण भएको हो ।

वि.स २००० सालमा स्याङ्गजामा जन्मिनु भएकी पूर्ण कुमारीको १६ बर्षको कलिलो उमेरमा बैदाम निवासी रुद्र बहादुर भट्टराई सँग विवाह भएको थियो । ७५ वर्षिय भट्टराईलाई निमोनिया भएपछि केहिदिन देखि गैह्रापाटनको फिष्टेल अस्पतालमा उपचार गरिएको थियो । उनको शुक्रबारनै सेती रामघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

स्वर्गिय भट्टराईको श्रीमान, एक छोरी र चार छोराहरु   चित्र बहादुर भट्टराई,  चिनकाजी भट्टराई  र गोपीबहादुर भट्टराई छन्  ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*