
नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश समिति अधिवेशनमा कार्यसमितिको सम्पूर्ण पदमा ठुला तिन पाटी निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । अधिवेशनबाट चयन हुने कार्यसमितिका लागी एमाले पाटी निकट प्रेस चौतारी, कांग्रेस पाटी निकट प्रेस युनियन र माओवादी पाटी निकट प्रेस सेन्टर नेपालले सातवटै प्रदेश समितिमा पदहरु भागवण्डा गरेका हुन् ।
प्रेस चौतारीले ५, प्रेस सेन्टरले ३ र युनियले २ वटा प्रदेशको अध्यक्ष पाउने गरी तीनवटा संगठनका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहने प्रदेश कार्यसमितिका सबै पदमा यिनै तिन पाटी सम्बद्द पत्रकार संगठनले भागबन्डा गरेका छन् । त्यसबाहेक उपत्यका, प्रतिष्ठान र एसोसिएट समेतमा भागबन्डा गरिएको छ ।
सहमति पत्र यस प्रकार छः
Leave a Reply