October 25, 2021

मुल्मीले बताए वाटर फन पार्क

पोखरा । पोखरामा अत्याधुनिक वाटर पार्क सञ्चालन गरिएका छन् । पृथ्वीराजमार्ग छेउमै पोखरा–१४ को कुँडहर फाँटमा आर्य दि रिसोर्ट एन्ड फन प्रालिले वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा गरिएको हो।

हिमाल हेर्दै गर्मीमा चिसो पानीमा रमाउन गतिलो गन्तव्यका रुपमा वाटर पार्क सञ्चालन गरिएको प्रवन्ध निर्देशक अमितराज मुल्मीले बताए । आन्तरिक तथा बाह्य पर्यटकका लागि शान्त एकान्त ठाउँमा पानीमा खेल्दै रमाउन सकिने ठाउँ बालबालिका, तन्नेरीदखि पारिवारिक मज्जा लिन पाउने उनले जनाए ।

पहिलो चरणको निर्माण सम्पन्न गरी १७ महिनाको बीचमा वाटर पार्क सञ्चालनमा ल्याएको प्रालिका अभिभावक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । वाटर पार्कभित्र बालबालिका, युवाका लागि छुट्टाछुट्टै छाल र पोखरी बनाइएका छन् ।

पानीकोमा नुहाउन मिल्ने कलात्मक रेन्बो पनि निर्माण गरिएको छ । तलमाथि पानीमा चिप्लेटी खेल्ने ट्युब स्लाइडर र कपल चिप्लेटी खेल्ने स्लाइडर पनि पार्कमा व्यवस्था गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*