
पोखरा, २२ चैत / फेवातालमा डुङ्गा डुवेर एक जनाको मृत्यु भएको छ । फेवातालमा घुम्न आएका तनहुँ घर भएका राजु गुरुङको मृत्यु भएको हो ।
३१ बर्षका जु गुरुङको दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिर दर्शनका लागि गएका पानीको छालले डुङ्गा असन्तुलीत भए पछि राजु तालमा खसेका थिए ।
उनलाई डुङ्गा व्यवासायीले पौडीएर निकाले तर उपचारका लागि मेट्रोसिटि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
Leave a Reply