September 23, 2021

लेकसाइड खहरे क्षेत्र पुर्ण सरसफाइ क्षेत्र घोषणा

टि.वि.सी. पर्यटन सम्वाददाता

२०७४ चैत १७ फेवाताल बचाउँ, भाबी सन्ततीको नासो जोगाऔं’ भन्ने नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ को खहरे क्षेत्र पुर्ण सरसफाइ क्षेत्र घोषणा भएको छ । प्रदेश नम्बर ४ का सासद् राजीव पहारी प्रमुख अथिति रहेको उक्त कार्यक्रममा खहरे आमा समुह ,नागरीक समाज , आमा समुह हरु ,नेपाल प्रहरी लगायत वडा न ६ का विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा पोखराको प्रमुख पर्यटकीय गन्तव्य अन्तर्गत पर्ने लेकसाइडको हल्लनचोकदेखि खहरेसम्मको  भू—भागलाई पुर्ण सरसफाइ क्षेत्र घोषणा गरएिको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*