
रोहीत वस्नेत
पोखरा ९ चैत्रः पर्यटकिय क्षेत्र लेकसाइडमा शुक्रवार र शनिवार सवारी निषेधित (नो भेइकल जोन) को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका क्षेत्र नं ४ का सांसद राजीव पहारीले आफ्नो दुई महिना बरावरको तलव फेवाताल संरक्षणको लागी नो भेइकल जोनका संयोजक पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ का अध्यक्ष जगत वहादुर पहारीलाई हस्तान्त्रण गरे । फेवाताललाई संरक्षण नगर्ने हो भने पर्यटकिय क्षेत्र लेकसाइडको कुनै महत्व नहुने वताउँदै फेवाताललाई जोगाउन हामी सवै एकजुट हुनुपर्ने उनले वताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले सम्पूर्ण पर्यटन संघ संस्थाहरुको प्रतिनिध्त्व गर्दै नो भेइकल जोन कार्यक्रमका अतिथिगण लगायत उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
पर्यटन वोर्डका प्रमुख शुर्य थपलियाले काठमाडौंको ठमेल जस्तो ठाउँमा नो भइकल जोन लागु भयो भने लेकसाईडमा सजिलो भएको र यसमा पर्यटन बोर्डको पूर्ण सहयोग रहेको वताए ।
पोखरा लेखनाथ महानगर प्रमुख मेयर मान वहादुर जि.सी.ले हप्तामा दुई दिन मात्र नभएर यसलाई अरु समय थपगरी पूर्णरुपमा नो भइकल जोन लागु गराउने प्रतिवद्धता व्यक्त गरे ।
कास्की प्रहरी प्रमुख अशोक शिंहले नो भेइकल जोनको सम्पूर्ण शुरक्षाको जिम्मेवारीवाट प्रहरी कहिल्यै पछि नहट्ने बताए ।
यस्तै नो भेइकल जोनका संयोजक पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ का अध्यक्ष जगत वहादुर पहारीले नो भेइकल जोन लागु गर्न हामी सम्पूर्ण शक्ति प्रयोग गर्ने वताए भने विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले नो भेइकल जोन स्वागतयोग्य भएको बताएका थिए ।
तस्विरहरु पोखरा पर्यटन समाचार
Leave a Reply