June 17, 2021

असहाय वालवालिकाका लागि सहयोगी हातहरु खोज्दै बाल सहयोग केन्द्र

रोहीत वस्नेत पोखरा, ७ फागुन ः दुई वर्ष अघि रुकुमको दुर्गम क्षेत्र मेलपोखरीमा स्थापित बाल सहयोग केन्द्रले दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा अभिभावक गुमाएका असहाय वालवालिकाहरुलाई उचित लालनपालन र शिक्षादिक्षा प्रदान गर्ने उद्धेश्य सहित आफ्ना गतिविधिहरु अगाडि बढाएको छ ।

त्यस्ता वालवालिकाको अधिकारको सुनिश्चिताको लागि स्वदेशी तथा विदेशी दाताहरुसँग सहयोगको लागि संस्थाले प्रक्रिया अगाडि बढाएको उक्त संस्थाका अध्यक्ष खेम पुनले जानकारी दिए । दशक लामो द्वन्द्वकालमा नेपालका अन्य कतिपय जिल्लामा जस्तै रुकुममा पनि सहज रुपमा पढ्ने लेख्ने वाताबरण थिएन र सो समयमा रुकुममा रहेका धेरै वालवालिकाहरु अनाथ र असहाय बन्न पुगे । धेरै वालवालिकाहरुले पढ्न पाएनन् । यसको असर अझै पनि समाधान हुनसकेको विधितै छ ।

बाल सहयोग केन्द द्वन्द्व र प्राकृतिक विपत्तीबाट अभिभावक गुमाएका वालवालिकाका लागि गास, बास र कपासको उचित व्यबस्थापन गरेर उनिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य लिएर स्थापना भएको परोपकारी संस्था हो । संस्थाले स्थापना कालमा नै भौतिक पूर्वाधार निर्माणको लागि झण्डै १४,००० वर्ग मी क्षेत्रफलको जमिन दान स्वरुप प्राप्त पनि गरी सकेको छ । उक्त जमीनमा नै संस्थालाई आबश्यक पर्ने आवाशीय भवनहरु निर्माण गर्ने उद्धेश्य लिएर आबश्यक पर्ने स्रोतको लागि स्थानीय सरकार देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न संघ संस्था र सरोकारवाला निकायहरुसँग समन्वय तथा छलफल गरिरहेको छ ।

बालबालिकाहरुको आधारभूत अधिकारको सुनिश्चितताको लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय निकायहरु संग सहकार्य गर्ने संस्थाको मुख्य उद्धेश्य हो । जोखिम पूर्ण अवस्थामा हुर्कन बाध्य त्यस्ता वालवालिकाहरुको अवस्थामा सुधार ल्याउदै सम्मुनत नेपाल बनाउने प्रक्रिया वालवालिकाहरुको जीवनको परिवर्तन मार्फत थालनी गर्ने उद्धेश्य पनि संस्थाले लिएको संस्थाका उपाध्यक्ष बम बहादुर पुनले जानकारी दिए ।

संस्थाले यसै वर्षबाट रुकुम जिल्लामा रहेका सरकारी विद्यालयहरुमा अध्यन गरिरहेका गरीव तथा अनाथ कम्तीमा ५०० वालवालिकाहरुलाई दातृ निकायहरुको सहयोगमा शैक्षिक सामाग्रीहरु विद्यालयमा नै गएर वितरण लक्ष्य लिएको संस्थाले जनाएको छ ।

वालअधिकार सम्बन्धी जनचेतनाका लागि ५,००० प्रति बुकलेटहरु प्रकाशन गरी वितरण गर्ने, यसका लागि सरोकारवाला निकायहरुसंग वाल वअलिकाहरुको अवस्थाका बारेमा छलफल गर्ने, संस्थालाई प्राप्त भएको जग्गामा आवाशिय भबनहरु निर्माणका लागि विभिन्न दातृ निकायहरु संग पहल गरी ४ वटा आबाशिय विद्यालय भवनहरु निर्माण गर्ने लगायत विभिन्न आठ वटा योजना पूरा गर्ने लक्ष्य समेत लिएको संस्थाका सचिव राजु पुन मगरले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*