December 9, 2021

२२ राष्ट्रका १५० प्याराग्लाईडिङ पाइलट पोखरामा भेला

पोखरा, २१ माघ / नेपाल हवाइ स्पोर्ट्स एसोसिएन, नेपाल प्याराग्लाईडिङ पाइलट क्लब र एसिएन कन्टिनेन्टल प्याराग्लाईडिङ एसोसिएनको प्राबिधिक सहयोगमा  बार्षिक क्यालेन्डर बमोजिम फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको सराङ्गकोटमा  प्याराग्लाईडिङ टुर हुन लागेको हो ।

२२ राष्ट्रका १५० पाइलट  खेलाडीले आआफ्नो देशको झण्डा लिएर सहभागिता जनाएका थिए भने हल्लनचोकबाट सुरु भई गौरीघाट तथा अम्बोटमा पुगेर पन्चे बाजा सहितको मार्चपास प्रतियोगीता समापन भएको थियो  ।  ५ दिन सम्म चल्ने प्रतियोगितामा प्याराग्लाईडिङ खेल साहसिक भएको र  सुरक्षाको आवश्यक अत्यन्तै  हुँदा सबै सुरक्षा निकाए, रेस्क्यु टिम, हेलिकप्टर र एम्बुलेन्स प्रतियोगिता अबधि भर तयारी अबस्थामा रहने कुरा आयोजकले वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*