
नवौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगिता—२०७४ पौष २७ देखि २९ सम्म हेम्जाको रिभर डेभ प्यालेसको सभा कक्षमा संचालन गरिएको थियो कास्की जिल्ला खुल्ला बुद्धिचाल प्रतियोगितामा ३८ जना खेलाडीहरु सहभागिता भएका थिए
उक्त खेल सात राउण्ड (स्वीस फिडे) मा खेलाइएको थियो खेलमा नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य वावुराम पन्तको सभापत्तीत्वमा ३ दिने खेल स्व्च्छ बातावरणमा सफलतका साथ समापन भयो बुद्धिचाल खेलमा कास्की जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष महेश्वर अधिकारी प्रथम स्थानमा, युवराज भण्डारी दोश्रो स्थानमा, भुमि गुरुङ तेश्रो स्थानमा तथा कहरिया लक्ष्मी चौथो स्थानमा सफल भएका थिए ।
कास्की जिल्ला खेलकुद संघका अध्यक्ष याम गुरुङ द्धारा उद्घाटन उक्त खेलमा श्याम सुन्दर ताम्रकार र पुष्प बाटाजु निर्णायकको भुमिका तथा कास्की जिल्ला बद्धिचाल संघका सदस्य नविन शाहीले कार्यक्रम संचालन गरेका थिए ।
Leave a Reply