
पोखराका एक प्याराग्लाइडिङ पाईलट सन्दिप सिग्देलको मोटरसाईकल दुर्घटनामा परी ज्यान गएकोे छ ।
टिम फाइब प्याराग्लाइडिङ कम्पनिबाट विगत ८ बर्ष देखि प्याराग्लाइडिङ गर्दै आएका ३१ बर्षीय सन्दिप सिग्देलको आईतबार राति करिब ११ः२५ बजे पोखराको न्यूरोडमा रहेको सोलारको पोलमा मोटरसाकल ठक्कर खादा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
सिग्देलले चलाएको ग ११ प ७६८१ नम्मरको मोटसाईकल सोलारमा ठक्कर खादा स्थानिय र प्रहरीले उनको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुरयाए पछि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँ किहुँ स्थायी घर भएका सिग्देल पोखरा नयाँबजारमा बस्दै आएका थिए । सिग्देल दुर्घटनामा परी सडकमा बजारिन पुग्दा हेड इन्जरी भएर मृत्यु भएको हुन सक्ने बताइन्छ ।
सिग्देलको दुर्घटनाले अन्य युवाहरुलाइ समेत सचेत गराएको एक प्याराग्लाईडिङ पाइलटले जनाए ।
Leave a Reply