September 23, 2021

पोखरा लेकसाइड सडक महोत्सवको तयारी पुरा ।

११ पुस पोखरा,
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन नेपाल रेवान पोखराको आयोजनामा हरेक वर्ष अग्रेजी नयाँबर्षको अवसरमा आयोजना हुँदै आएको सडक महोत्सवको तयारी पुरा भएको छ । पुस १३ गतेदेखी १७ गतेसम्म केदोश्वर मन्दिर देखी डिहिकोपाटन र खहरेचोक सम्मको ४ किमी सडक क्षेत्रमा महोत्सव आयोजना हुँदै छ ।
१९ औँ सडक महोत्सवको तयारी पुरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महोत्सवमा यसपटक कृषि मेला पनि सँगै हुने भएको छ । कार्यक्रममा सुन्तला प्रदर्शनी तथा कृषि जन्य उत्पादन तथा प्रविधिको प्रर्दशनी समेत राखिने भएको छ ।

महोत्सवको आकर्षणको रुपमा अन्तराष्ट्रिय सास्कृतिक कार्यक्रम, देशका सातवटै प्रदेश पर्व बाट सतार जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश ३ को काठमाण्डौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङ समुदायको, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लाको हुम्लेली जातीको र प्रदेश ७ को डडेलधुराबाट देउडा जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ लोपन्मुख साँस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी लगायत रहेको रेवानका अध्यक्ष चौवहादुर गुरुङ्गले वताए ।

महोत्सववाट ९० लाख रुपैयाँ आम्दानी गर्ने र ७० लाख खर्च हुने रेवानका निर्वतमान अध्यक्ष गोपीवहादुर भट्राईले जानकारी दिए । सडक महोत्सवले पोखरालाई विश्व वजारमा चिनाउन महत्वपूर्ण भूमिका भएको र छुट्टै व्राण्ड वनिसकेको भनाइ आयोजकको छ ।

महोत्सवको ४ लाख दर्शकले अवलोकन गर्ने दावी आयोजकको छ भने यसपाली मेडिकल पार्टनरको रुपमा नेपाल मेडीसिटि हस्पिटल रहेकोले महोत्सब अवधिभर दर्शक तथा पर्यटकले निशुल्क रुपमा मधुमेहको स्वास्थ्य परिक्षण गर्न पाउनुहुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*