October 25, 2021

सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ पोखराको पाँच दिने १९औं सडकमा महोत्सव

रोहीत वस्नेत
२०७४ पौष १० सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ रेवानले पुसको १३ देखि १७ गतेसम्म पोखराको मुख्य पर्यटकीय क्षेत्र तथा फेवातालको किनार लेकसाइडमा प्रत्येक वर्ष सडक महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

१८ औं वर्षसम्म सफलता प्राप्त गरिसकेको सडक महोत्सवको १९औं पटक यस वर्ष पनि तयारी प’रा गरेको छ। हरेक अँग्रेजी नयाँ वर्षमा हुने यो महोत्सव लेकसाइडको खुल्ला लगभग ४ किलोमिटर भन्दा बढी सडकमा महोत्सव हुन्छ ।

महोत्सवका अवसरमा सडकमा पोखराका ठुला तारे होटल देखि सामान्य होटल तथा रेष्टुराँहरुले खानाका स्टलहरु सडकमा राख्छन् । सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्न तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । पोखरालाई संसारभर चिनाउन तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको र  महोत्सवमा सकेसम्म धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने पोखरालाई पर्यटकीय शहरको रुपमा संसारभरी चिनाउन पनि यो महोत्सव भइरहेको रेवान पोखराका अध्यक्ष तथा महोत्सव संयोजक चौ बहादुर गुरुङ बताएँछन् ।

महोत्सवमा पोखराका जातजातिको सांस्कृतिक प्रदर्शन,संघ संस्थाहरुको झाँकी प्रदर्शन एवं प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक बेजोड प्रस्तुति पोखरा भन्दा बाहिरका सांस्कृतिक गतिविधिहरु प्रदर्शनी बाल उद्यान, लाइभ कन्सर्ट आदी महोत्सवको आकर्षण बन्नेछन् ।

महोत्सवकै कारण अँग्रेजी नयाँ वर्ष पोखरामा गएर मनाउने भन्दै नेपाल तथा छिमेकी मुलुक भारतका प्रत्येक शहरबाट धेरै पर्यटकहरु पोखरा आउने गरेको पाइन्छ । लेकसाइडमा महोत्सव अवधिभर आन्तरिक र बाह्य पर्यटकको धेरै ठुलो घुँइचो लाग्छ, होटलहरु खचाखच भरी भराउ हुने गर्छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*