
सुर्खेत ः
यस जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा काक्रेबिहार र बुलबुले ताल रहेका छन् । यसका अलबा देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली(गुमी चुली) शिव मन्दिर, बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङ चौकुखानी, पन्चपुरि मन्दिर, कोटको थुम्को(सिम्ता बजेडीचौरे), भोटेचुली(खानीखोला), सिम्ताउपत्यका आदी पर्यटकीय क्षेत्र हुन् ।
दैलेख ः
यस जिल्लाको पर्यटकीय स्थलको रुपमा जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल रहेको छ । दुल्लु क्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन । दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवल रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन् । यसका साथै नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्म रहेको छ ।
जाजरकोट ः
यस जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा मालिका गुफा, भकारे दह हुन ् । जाजरकोट जिल्ला भौगोलिक रूपमा पछाडी परेपनि यो क्षेत्र प्राकृतिक रूपले धनी रहेको छ । यसमा क्षेत्रमा विभिन्न पर्यटकीय तथा रमणीय ठाउँहरू रहेका छन् ।
जुम्ला ः
प्रदेश ६ को सुन्दर पर्यटकीय जिल्लाको रुपमा जुम्ला लाई लिन सकिन्छ । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर रहेका छन् । भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फाराम, कर्णालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन ।
मुगु ः
यस जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, रहेको छ । यस जिल्लामा कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन । राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय क्षेत्र बनेको छ ।
हुम्ला ः
यस जिल्लामा पर्यटकीय स्थलहरु नभई धार्मिक स्थलहरु बढि मात्रामा रहेका छन् । वौद्ध धर्मालम्वीहरूको वसोवास रहेको छ । यस जिल्लामा हिन्दुहरूका प्रचलित मन्दिरहरूमा खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु आदि रहेका छन् भने बौद्ध धर्मालम्वीहरूको गुम्वाहरूमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा आदि प्रमुख रुपमा रहेका छन् ।
कालिकोट ः
यस जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर, महावु शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ ।
रूकुम (पश्चिम भाग) ः
यस क्षेत्रमा पनि धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै रहेको पाईन्छ ।
सल्यान ः
यस जिल्लाको कुपुण्डेदह यहाँको प्रमुख धार्मिक स्थल तथा पर्यटकीय को रुपले प्रसिद्व रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर रछत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेको छ । यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् । खैरावाङदेवी, छत्रेश्वरी, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, आदि यर्यटकीय क्षेत्रको रुपमा रहेका छन् ।
डोल्पा ः
डोल्पा जिल्ला एक पर्यटकीय जिल्ला हो । यस जिल्लाबाट विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा से फोक्सुण्डो ताल हो । यसका अलवा यस जिल्लामा धार्मिक तथा पर्यटकीय झल्कने थुपै ठाउँहरु रहेका छन् ।
Leave a Reply