August 4, 2021

महिला पर्यटन व्यवसायी मञ्चद्धारा सडक बीचका डिभाइडरमा रोपिएका फुलका विरुवाको गोडमेल र सरसफाई

पोखरा पर्यटन समाचारदाता

असोज ३०, पोखरा महिला पर्यटन ब्यवसायि मंञ्चको आयोजनामा पर्यटकीय क्षेत्र लेकसाइडको सडक बीचका डिभाइडरमा रोपिएका फुलका विरुवाको गोडमेल र सरसफाई गरिएको छ । सो गोडमेल कार्य महिला पर्यटन ब्यवसायि मंञ्चको संयोजन एवं विभिन्न संघ संस्था र आमा समुहको सहभागितामा सम्पन्न भएको हो ।

सरसफाइमा बुढी आमाहरु सहभागी

 पर्यटकीय  क्षेत्रको वातावरणीय सरसफाई र यसको सुन्दरतामा पर्यटन व्यवसायि महिलाले देखाएको चासो र अग्रसरता उदाहरणीय भएको प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका वडां ६ का अध्यक्ष जगत बहादुर पहारीले बताउनु भयो । बृहत सरसफाई अभियानका संयोजक एवं सामाजिक अभियन्ता राम बहादुर पौडेलले पर्यटकिय क्षेत्र वरिपरिको वातावरणीय सरसफाईसँगै रंगि चंगी फुलका बोटहरुले पर्यटकलाई आर्कषित गर्ने भन्दै यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

 वडा नागरिक मञ्चका अध्यक्ष विष्णुहरी अधिकारीले हल्लनचोक देखि डिहिंकोपाटन सम्मको डिभाइडरमा लगाएका फुलका विरुवाहरु संरक्षणको अभावमा झार उम्रेर कुरुप भएको बताउनु भयो । अधिकारीले विरुवा रोपेपछि त्यसको गोलमेले संरक्षणकालागि पनि जुट्नु पर्ने बताउनु भयो । उक्त सरसफाइ गोडमेल कार्यक्रममा पोखरा पर्यटन परिषद, पर्यटन ब्यवसायि संघ संस्थाहरु,पोखरा उद्योग बाणिज्य संघ , वडा नागरिक मञ्च, टोल समन्वय समिति, महिला वडा समन्वय समिति, सामुदायिक सेवा केन्द्र, खहरे आमा समुह, बङ्लादि आमा समुह, नमुना आमा समुह, मितेरी आमा समुह , जरेवर उज्जवल दिदि बहिनी समुह लगायका पदाधिकारी एवम सदस्यहरुको सहभागिता रहेको थियो । ग्रिन मार्ट प्रा.लि ले  फोहोर व्यवस्थापनकालागि सहयोग गरेको थियो ।

महिला पर्यटन ब्यवसायि मंञ्चकी अध्यक्ष जमुना पराजुलीले  पर्यटकिय क्षेत्र भएकाले पनि यस क्षेत्रको सरसफाई र सुन्दरताकालागि आफ्नो संस्थाले अग्रसरता देखाएको र सबैको सहयोग रहेको भन्दै सवैलाइ धन्यवाद दीदै खुशी ब्यक्त गर्नु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*