June 16, 2021

फेवा तालमा ७ वटा प्याराग्लाइडर खसेको होइन झारिएको हो

३० असोज  २०७४ राङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडर तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । फेवातालमा ७ वटा प्याराग्लाइडिङ खस्दा एक चिनियाँ पर्यटक घाइते भएका छन् ।

एक प्याराग्लाइडिङ पाइलट भुपाल गुरुङले भने हावाको तीब्र गतिका कारण अनियन्त्रित भएपछि प्याराग्लाइडर तालमा सुरक्षित अवतरण गराइएको बताउनुभएको छ ।

दिउँसो १ बजेतिर सराङकोटबाट उडेको केही समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आउँदा ७ वटा प्याराग्लाइडिङ फेवातालमा खसेको थियो । ७ वटा प्याराग्लाइडिङ १४ जना सवार थिए । तिमध्ये ११ जना सकुशल छन् । घाइते चिनियाँ पर्यटकको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय व्यावसायी अर्जुन सुबेदीका अनुसार कालो बादल सँगै हावाहुरी आउँदा आकाशमा उडिरहेका प्याराग्लाइडिङ एक पछि अर्को गर्दै तालमा खसेको बताउनुभयो । उहाँले स्थानीय जलारी समुदायले तत्कालै उद्धार गरेका कारण कुनै क्षति हुन नपाएको बताउनुभयो ।

पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिनुभयो ।

‘प्याराग्लाइडर सिधै खसेका होइन, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो’ गुरुङले भन्नुभयो ।

प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको उद्धार टोली र स्थानीय डुंगा ब्यवसायीहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*