August 4, 2021

अक्टोबर १ तारिखदेखि हामी पर्यटकको भारी बोक्दैनौं सगरमाथा क्षेत्रका पर्यटन मजदुरको भनाइ ।

पर्यटन मजदुरहरुको ज्यालामा ३० प्रतिशत बृद्धि गर्ने यसअघिको सम्झौंता कार्यान्वयन नभएको भन्दै सगरमाथा क्षेत्रका पर्यटन मजदुरहरुले अक्टोबर १ तारिखदेखि पर्यटकको भारी नबोक्ने निर्णय गरेको छ । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल टानसग २०७३ साल माघ २६ गते भएको सम्झौंता हालसम्म पनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन ।

ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल टानले अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर सघं, नेपाल ट्रेकिङ ट्राभल र्याफटिङ एयरलाईन्स मजदुर युनियन, अखिल नेपाल पर्यटन मजदुर सघं, नेपाल पर्यटन श्रमिक सघं गरी ४ वटै मजदुर युनियनसग मजदुर हितका विषयमा रही १३ बुदे सम्झौंता गरेको थियो । सम्झौंतामा तलव भत्ता बृद्धि, मजदुर कल्याणकोष स्थापना, मजदुर परिचय पत्र, दुर्घटना विमा, भारीको तौंल, छात्राबृत्ती लगायतका मागहरुमा यथासिध्र सम्बोधन गरिने उल्लेख छ ।

सम्झौंता भएका विषयहरु सम्बोधन गराउन अखिल नेपाल पर्यटन मजदुर संगठन ट्रेड युनियन महासघंका तर्फबाट ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल टानलाई २१ दिने अल्टीमेटम दिईएको भएपनि कुनै सुनुवाई नभएकोले सगरमाथा क्षेत्रबाट पहिलो चरणको आन्दोलन स्वरुप यस्तो निर्णय भएको संगठनका उपाध्यक्ष नाम्गेल शेर्पाले बताउनुभयो ।

अन्नपुर्ण, लाङटाङ, सगरमाथा क्षेत्र, डोल्पा, मकालु, कञ्चनजंघा, मनास्लु र धौंलागिरी क्षेत्रका पर्यटकीय रुटहरुमा काम गर्ने मजदुरहरुको खाईपाई पाएको तलवमा ३० प्रतिशत बृद्धि गर्ने एक बर्ष अघि सहमती पत्रमा उल्लेख छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*