August 4, 2021

३८औ विश्व पर्यटन दिवस पोखरामा भव्यताका साथ माइयो ।

रोहीत वस्नेत पोखरा, ११ असोज ः ३८औ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाएका छन् । पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टक तथा पर्यटक वसपार्कमा पहिलो वसवाट आएका विदेशी र आन्तरीक पर्यटकहरुलाई बाजागाजा सहित फुलमालाले स्वागत गरेका छन् । पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्दा पर्यटकहरु समेत नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।

३८ औ विश्व पर्यटन दिवसको अवसर पारी पर्यटन प्रर्वद्धनका लागि टान पोखराले एक दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा लेखनाथ महानगरपालिकामा रहेका फेवाताल, बेगनासताल र रुपा ताल, न्युरेनी , खास्टे , दिपाङ्ग, मैदी, गुँदे तालहरुको अवलोकन गरिएको हो । पोखरामा आउने पर्यटकको बसाइ लम्वाउन सात ताल लाइ नयाँ गन्तब्यका रुपमा स्थापित गराउन सकिने र पोखरामा केन्द्रित पर्यटकलाई लेखनाथ क्षेत्रमा रहेको तालहरुतर्फ उन्मुख गराउनका लागि तालको प्रवद्र्धनका लागि अवलोकन कार्यक्रम गरिएको टानका पोखराका पुर्व अध्यक्ष डम्बर बहादुर केसीले बताए । उक्त कार्यक्रममाा पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ रेवानका भिमसेन भुजेल, टानका सुशिल पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले तालहरु संरक्षण गर्न सम्पूर्ण पोखरेली पर्यटन व्यावसायीहरु एक हुनु पर्ने वताए ।

यता ३८ औ विश्व पर्यटन दिवसको अवसर पारी रेवान पोखराले पनि लेकसाइडमा एक दिने मिनी सडक महोत्सवको आयोजना गरेको छ पोखराको बाराहीघाट देखी फिस्टेलगेट सम्मको एक किलोमिटरको बाटो सकडक महोत्सबका लागी आयोजना गरेको हो । सडकमै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनोरञ्जन कार्यक्रम हुन्छ भने पछिल्लो समयमा आन्तरीक पर्यटकहरु पनि ठुलो मात्रामा पोखरा आउने गरेका छन् । पर्यटन दिवस सँगै नेपालीहरुको महान पर्व विजया दशमी (दशै) को अवसर पारी आन्तरीक पर्यटकहरु पोखरा घुम्न आउने संख्या निकैै बढेको देखिएको छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*