
रोहीत वस्नेत भाद्र २७ पोखरा
हाम्रो जन्मभूमि, हाम्रो प्यारो अर्घाखाँची भन्ने मूलनारा वनाई विगत २ दशक देखि अर्घाखाँची वासीका पिर मर्का लाई सधै सहजरुपमा साटासाट गर्दै पोखराका गल्ली,गल्ली चोक,चोक छिचोल्दै अगाडी बढीरहेको एक स्वार्थ रहित संस्था अर्घाखाँची पोखरा सम्पर्क समाजको पहलमा पोखरा—अर्घाखाँची सिधा वस सेवा २०७४÷०५÷२१ गते वाट सुचारु भएको थियो ।
पोखरालाई कर्मथोलो बनाएका सम्पूर्ण अर्घाखाँची वासीहरु सिधा वस नफेरी अर्घाखाँची नै पुगीने खुसीले हर्षित भएका वेला आज विच वाटोमा वस अवरोध भएको खवरले चिन्चीत भएका छन् भने उता अर्घाखाँची पोखरा सम्पर्क समाजले सत्य तथ्य पत्ता लगाई कारण खोली सम्बन्धित निकायलाई सहयोगको अपिल गर्दै सभ्य नागरीकको पहिचान दिएर चाड पर्वमा सवैलाई घर जाने वातावरण वनाइदिन समेत संस्थाले आग्रह गरेको छ ।
Leave a Reply