August 5, 2021

ईश्वर शर्माको टिबानको अध्यक्षमा उम्मेदवारी

काठमाडौं । टुरिष्ट बस एसोसिएशन (टिबान)को अध्यक्षमा हालका प्रथम उपाध्यक्ष ईश्वर शर्माले उम्मेदवारी दिने भएका छन् । आउँदो असोज ३ गते हुने टिबानको सातौं बार्षिक साधारणसभा तथा निर्वाचन मिति नजिकिएसँगै उनले नेतृत्वका लागि आवश्यक गृहकार्य सुरु गरेका छन् ।

दुई दशकदेखि पर्यटक यातायातमा क्रियाशिल शर्मा टिवानको संस्थापक सदस्य समेत हुन । हाल टिवानको प्रथम उपाध्यक्ष भएको नाताले पनि अबको नेतृत्व आफैले लिन पाउनु पर्ने उनको दाबी छ ।  त्यसको लागि आवश्यक छलफल अघि बढाएको उनले बताए ।

उनले तत्कालिन समयमा टिवानमा धेरै समस्याहरु रहेको भन्दै ती समस्या समाधानका लागि आफुले नेतृत्व लिन चाहेको बताए । उनले पर्यटक वसपार्क निर्माण सँगै, काठमाडौं–पोखरा–चितवनमा मात्रै सिमित हुदै आएको आफुहरुको सेवालाई अन्य क्षेत्रमा समेत विस्तार गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताए ।

त्यस्तै पर्यटक सवारीलाई रुट परमिट जारी गर्ने सरकारी नीति व्यवसायी मैत्री नभएकाले यसको खारेजीको लागि राज्यलाई दबाब दिने बताए । साधारण सभाबाट दुई वर्षे कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति चयन हुनेछ । शर्मा टुरिष्ट बस कम्पनी ग्वोवल भ्याकेशन ट्रभल्सका सञ्चाक हुन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*