October 25, 2021

शान्तिबनवाटिकाको बाटो उद्घाटन

पोखरा ,जेठ २४ पोखरा लेखनाथ महानगर वडा न ९ स्थित शान्ति बन मार्ग बाटोको ब्यस्थापिका संसदको बिकास समितिका सभापति रबिन्द्र अधिकारीले शनिबार एक समारोहका बीच उद्घाटन गरेका छन् ।

पूर्वाधार बिना स्मार्ट सिटीको अबधारणा पुरा नहुने भन्दै अब सबैको अर्जुन दृष्टि बिकासमा केन्द्रित हुनु पर्ने भनाई अधिकारीको छ । उनले अब प्रदेश नं २ को निर्बाचन संगै हुने संघिय संसद र प्रदेश को निर्बाचन पछी संबिधान कार्यान्वयनको एउटा चरण पुरा हुने र त्यसपछि प्राप्त हुने राजनैतिक स्थायित्वमा मात्रै विकासले गति लिने उनको बिस्वास थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर क्षेत्रीले स्थानीय तह सम्बन्धि कानुनको अभाबमा आफुहरुलाइ काम गर्न अप्ठ्यारो परेको भन्दै चाडो भन्दा चाडो कानुन निर्माण गर्न आग्रह गरे । पोखरा लेखनाथ महानगरका इन्जिनियर शारादा मोहन काफ्ले , वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी , शान्तिबन बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बलराम पाहारी , समितिका सचिब प्रकाश शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कास्कीको निर्बाचन क्षेत्र न ३ अन्तर्गतको निर्बाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम अन्तर्गत करिब १२ लाख ५० हजार ,पोखरा लेखनाथ महानगर कार्यालयबाट करिब १० लाख ८० हजार , लगायत अन्य संघ संस्था व्यक्तिहरु एबम जनश्रमदान गरि करिब ३० लाख ८० हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको शान्तिबन बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बलराम पहारीले जानकारी दिए । शान्तिबन बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र प्रसाद खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*