September 23, 2021

राफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर

२० भदौ, काठमाडौं । साहासिक पर्यटनका रुपमा रहेको राफ्टिङ व्यावसायिहरुको छाता संगठन नेपाल एसोसियसन अफ राफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् ।

नाराकोे सम्पन्न २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट मगर विजयी भएका हुन् । मगरले ३२ मत ल्याएका छन् भने मगरका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका थिए । कूल ७२ जना व्यवसायी मतदातामध्ये ६० मत खसेको थियो ।

यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज थपलिया, कोषाध्यक्षमा शिशिर खनाल र सहकोषाध्यक्षमा रिता अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु खड्का, विष्णुहरि सिलवाल र उद्धव कँडेल विजयी भएका छन् ।

नवनिर्वा्चित अध्यक्ष मगरले नारालाई थप व्यवस्थित र व्यावसायिक ढंगले अघि बढाउने बताए । जलविद्युत् आयोजना निर्माण, नदी प्रदूषण आदि चुनौतीलाई सामना गर्दै राफ्टिङ व्यवसायलाई विश्वस्तरमा फैलाउन पहल गरिने पनि उनले बताए ।

नाराको ११ सदस्यीय कार्यसमितिमध्ये नौ जना निर्वा्चित भएपछि अब, एक जना पूर्वअध्यक्ष पदेन सदस्य र पोखरा च्याप्टरका पदेन सदस्य चुनिने छन् ।नेपालको राफ्टिङ विश्व पर्यटनको आकर्षक र उपयोगी गन्तव्य मानिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*