August 5, 2021

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल प्रदेश -४, पोखरामा रबिन्द्रराज पौडेल

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल प्रदेश -४, पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले युवा व्यवसायी रबिन्द्र राज पौडेलको अध्यक्षतामा ९ कार्यसमिति सर्बसम्मतले चयन गरेको छ। ११ जना कार्यसमितमा रहने व्यवस्था अनुसार १ जना कार्यसमिति सदस्य निवर्तमान अध्यक्ष तारा पहारी र बाँकी एक जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था छन्।

 कास्कीको कालबाङ घडेरी होम स्टेमा आयोजित गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ (पोखरा)ले रविन्द्रराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।अध्यक्ष-रविन्द्रराज पौडेल, उपाध्यक्ष-चुडामणि दाहाल (राजु), सचिव-रमेश खत्री कोषाध्यक्ष- सूर्थनाथ पहारी, सुशीला भण्डारी- सदस्य, अशोक पराजुली- सदस्य भुपेन गुरूङ- सदस्य, सन्तोष सापकोटा- सदस्य, कमलबहादुर भुजेल- सदस्य आदी रहेका छन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*