August 4, 2021

पोखरा- काठमाडौं चल्ने बसमा हवाईजहाजको जस्तो सुबिधा

१६ भाद्र २०७४ लोकप्रिय बन्दै गयो  पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरा आवत–जावत लामो दुरीको यात्रुबाहक बस | लामो दुरीको यात्रा गर्न कठिन भईरहेको बेला यस अत्याधुनिक बसले भने निकै सुविधा दिए पछी सबै यात्रु आकर्षित बन्न थालेका छन् |

एक बस बराबर मात्र २० यात्रु बस्न मिल्ने उक्त बस सेवा जगदम्बा कम्पनीले संचालनमा ल्याएको हो ! जगदम्बा कम्पनीका अनुसार काठमाडौंबाट पोखरा र पोखराबाट काठमाडौं आवत–जावतका लागी दुई ओटा मात्र बस संचालनमा ल्याईएको छ |

 हवाई जहाजमा जस्तै सुविधा पाईने उक्त बसमा एयर होस्टेस झैँ यी बसभित्र बस होस्टेसले यात्राकै क्रममा कफी, चियासहित लगायत ब्रेकफास्ट सर्भ गर्छन् । अत्याधुनिक सुविधा सहितका सिट, एसी, वाईफाई, एलइिडी टिभी सुविधा सहितका यी बस अचेल यात्राको लागि पर्यटकको पहिलो रोजाइमा पर्न थालेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*