October 25, 2021

राष्ट्रिय पर्यटन पत्रकार संघको चौथो वार्षिक साधारण सभा : विदेशमा सुचनादुत नियुक्त गर्ने, पर्यटकको नाममा अवैध गतिविधि गर्नेहरुको पर्दाफास गर्ने

१५ भदौ, काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले चौथो वार्षिक साधारण सभा भव्यताका साथ मनाएको छ। राजधानीमा बुधबार एक कार्यक्रम विच वार्षिक साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै विश्वभर नेपालको बारेमा सत्य तथ्य सुचना सम्प्रेसन गर्नको लागि सञ्चारदुत नियुक्त गरिने घोषणा गरेका छन् । उनले मुलुकको आर्थिक बिकासको मेरुडन्द भनेकै पर्यटन, कृषि र उर्जा क्षेत्र भएकोले त्यसलाई प्रवद्र्धन र विकासका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपालमा अद्धितीय सम्भावनाहरु भएर पनि सञ्चार माध्यमको पहुँच नपुग्दा त्यसको उजागर गर्न नसकेकोतर्फ इंगित गर्दै उनले विदेशी पर्यटक आइसकेपछि उसका हरेक गतिविधिहरुलाई सहज र व्यवस्थित बनाउन सूचना प्रविधिलाई समय परिस्थितिअनुसार अघि बढाउनुपर्ने बताए ।

त्यस्तै पर्यटकको भेषमा नेपाल आएर अवैध गतिविधि गर्ने विदेशी नागरिकहरुको पहिचान गर्ने संयन्त्र निर्माण छिट्टै गर्ने पनि बताए ।

सञ्चार मन्त्री बस्नेतले पर्यटन क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानका लागि निजी क्षेत्रको तर्फबाट लिखित रुपमा सुझाव लिएर आएको खण्डमा त्यसको समाधानका लागि आफु लागिपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पर्यटकको भेषमा पर्यटकको भेषमा नेपाल आएर अवैध गतिविधि गर्नेहरुको विगविगी बढिरहेको भन्दै त्यसका लागि सरकार गम्भिर हुनुपर्ने बताए । पर्यटन विकासका लागि सूचना र प्रविधिलाई पर्यटनमैत्री बनाउनुपर्नेमा उनको जोड थियो । साथै उनले सिङ्गो राष्ट्रको आर्थिक बिकासको लागि पर्यटन क्षेत्रको बिकासमा सबै एकजुट हुनुपर्ने बताए ।

नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले पर्यटन विकासका लागि पर्यटन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै पत्रकारहरुको संस्थागत विकास आजको आवश्यकता रहेको बताए । गणतान्त्रिक स्टोनीयका वाणिज्यदुत तथा नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले मुलुकको समग्र पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटकीय संघसंस्थाहरु पर्यटन व्यवसाय र व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए ।

नाटोज अध्यक्ष शिव अधिकारीले नाटोजले आफ्नो स्थापना कालदेखि नै पर्यटन पत्रकारहरुलाई आइपर्ने हरेक समस्याहरुको समाधानमा संस्थागत भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

चौथो वार्षिक साधारणसभा बन्द सत्रबाट महासचिव प्रकाश खालिङ र कोषाध्यक्ष नविन काफ्लेद्धारा प्रस्तुत प्रतिवेदन पारित गर्दै नोटोज कल्याणकारी कोषलाई बढाएर २ लाख पु¥याउने, १० धनराशीको नाटोज पर्यटन पत्रकारिता पुरस्कारलाई बढाएर ५१ हजार ५१ रुपैयाँ पु¥याउने, नोटोजको च्याप्टरलाई प्रादेशिक संरचनाअनुसार विस्तार गर्ने त्यसको लागि तत्काल चितवन र विराटनगर च्याप्टर स्थापना गर्ने निर्णय गरेको छ ।

सो अवसरमा वार्षिक रुपमा नाटोजले प्रदान गर्दै आएको १० हजार धनराशीसहितको नाटोज पर्यटन पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटीका सहसम्पादक राजकुमार सिग्देललाई सम्मानित गरियो । त्यस्तै पर्यटन व्यवसायीहरु मोहन लम्साल, अनिल लामा, ऋषिराम पनेरु, गिता गुरुङ, दिपेन्द्र अधिकारी, दावा छिरि शेर्पा, पुष्प बास्कोटा र भीम प्रसाद सापकोटालाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*