November 28, 2021

नगेन्द्र वहादुर थापा ः होटल प्रतिनिधि समाज पोखरामा अध्यक्ष

रोहीत वस्नेत पोखरा भाद्र ५ ः होटल प्रतिनिधि समाज पोखराको १७औं साधारण सभा तथा ९औं विशेष अधिबेशनमा नगेन्द्र वहादुर थापाको अध्यक्षतामा १५ सदस्य सहित नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाका अध्यक्ष रहनुभएका समाजसेवी तथा पर्यटन व्यावसायी तिलक बहादुर अधिकारी लगायत संस्थाका ५० प्रतिशत पदाधिकारीहरुले अधिवेशन भएको १ वर्ष नपुग्दै सम्युक्तरुपमा राजिनामा दिएपछि नयाँ कार्यसमिति चयनको लागी संस्थाका कार्यबाहक अध्यक्ष राजकुमार गुरुङको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यस्तैः बरिष्ठ उपाध्यक्ष सन्तकुमार महतो, प्रथम उपाध्यक्ष पुष्ट बहादुर पाण्डे, द्धितिय उपाध्यक्षमा डिल्लीराम अधिकारी, महासचिव सन्तोष काफ्ले, सचिव मोहन वस्नेत, कोषाध्यक्षमा पुरुषोतम न्यौपाने, सह—कोषाध्यक्षमा मोतिराम पौडेल सदस्यहरुमा क्रमशः तुल बहादुर भण्डारी, नारायण पौडेल, बसन्त आचार्य, दिनेश दर्जी, सहदेव पोखरेल र खेमवहादुर भण्डारी रहेका छन् ।

प्रमुख अतिथि समेत रहेका महानगर प्रमुख मान बहादुर जी.सी. पोखरालाई हरीयाली पर्यटक सहरको रुपमा विकास गर्ने आफ्नो योजना भएको बताए । भने उता संस्थाका सदस्य डिल्लीराम अधिकारीले स्वागत गरेका थिए ।

पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यावसायी गणेश बहादुर भट्टराई, राष्ट्रिय पर्यटन परिषदका सदस्य बासुदेव त्रिपाठी,पर्यटन परिषदका कृष्ण भण्डारी, खेलकुद विकास समितिका दीपक गोदार, सामुदायिक प्रहरी बैदामका अध्यक्ष भिम पराजुली लगायतले बोलेका थिए ।

संस्थाका कार्यबाहक अध्यक्ष राजकुमार गुरुङको सभापतित्वको उक्त कार्यक्रममा संथाका सदस्य मोतिराम पौडेलले कार्यक्रम संचालन गरेको पोखरा पर्यटन समाचारलाइ जानकारी थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*