
होटलको जग्गा कुनै पनि हुकुमवासी, सुकुमवासीसँग लिएको होइन । स्थानिय पोखरेली पर्यटन उधमीसँग जग्गा किनेको हो । १७ रोपनी जग्गाको लाल पुर्जा मसँग छ । कर्ण शाक्य
फेवाताल किनारमै ‘वाटर फ्रण्ट’ नामक ठूलो होटल छ । त्यो होटल ‘सोच’ र ‘खोज’ जस्ता पुस्तक लेखेर सकारात्मक सोचको अभियान चलाउने कर्ण शाक्यको हो ।
फेवाताल वास्तवमा कस्तो ताल हो भन्ने खुलासा सकारात्मक सोचका अभियन्ता शाक्यले गरेका छन्। फेवाताल मिचेर होटल बनायो भन्ने आरोपहरु लागेपछि प्रष्टिकरण दिने क्रममा उनले लेखेका छन्- ‘फेवाताल रामसारको सिमसार क्षेत्रमा पर्छ। तर बुझ्नुपर्ने कुरा के हो भने वास्तवमा फेवाताल राणाकालमा बाँध बनाउँदा बनेको कृत्रिम ताल हो। यस्ता तालहरुलाई पनि युनेस्कोले सिमसार घोषणा गरेका छन्। त्यसैले सिमसार क्षेत्रमा विकास गर्न हुँदैन भन्ने कुनै अन्तर्राष्ट्रिय संरक्षण नियम छैन।’
फेवाताल धेरैअघि बनेको ताल हो भनेर सोच्नुभएको भए तपाईँ गलत हुनुहुँदो रहेछ। यो त राणाकालमा बनेको ताल पो रहेछ त्यो पनि कृत्रिम। राणाकालअघि फेवाताल थिएन उनका अनुसार। पढ्नुस् उनको पूरा लेख।
Leave a Reply