October 25, 2021

फेरी अर्को अन्तराष्ट्रिय अवार्ड पोखराको माउण्ट कैलाश रिसोर्टलाई

पोखरा १३ साउन । पोखराको लेकसाईड स्थित माउण्ट कैलाश रिसोर्टले फेरी अर्को अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेको छ । द विज नामक ब्यापारको विश्व संगठन मार्फत विहिवार अमेरिकाको भर्जिन आईल्याण्डमा सम्पन्न कार्यक्रमका विच माउण्ट कैलाश रिसोर्टलाई मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।

रिसोर्टका अध्यक्ष नरेश भट्टराइले अवार्ड ग्रहण गरेका हुन् । यो विश्वको सबैभन्दा महत्वपूर्ण ब्यापार पुरस्कार मानिन्छ । विश्वका सबैभन्दा उल्लेखनिय कम्पनीहरु आबद्ध यस संगठन मार्फत ब्यापार उत्कृष्टता पहिचान गर्न सिर्जना गरिएको पुरस्कार यो बर्ष माउन्ट कैलाश रिसोर्टले प्राप्त गरेको हो ।

माउण्ट कैलाश रिसोर्टले यसअघि गत पुसमा यूरोप बिजनेश एसेम्ब्लीद्धारा प्रदान गरिने दुई वटा अवार्ड प्राप्त गरेको थियो । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली (ईबीए) ले ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको रिसोर्टलाई गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआईडी ) नामक अन्तराष्ट्रिय संस्थाले ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको थियो । १० महिनाको विचमा माउण्ट कैलाश रिसोर्टले चौथो अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको हो

द विज मार्फत अमेरिकामा आयोजित कार्यक्रममा मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्राप्त गरेपछि रिसोर्टका अध्यक्ष भट्टराईले रिसोर्टलाई यो अबस्था सम्म ल्याउने सबैप्रति अभार ब्यक्त गरे । उनले आगामी दिनमा रिसोर्टको सेवा सुविधामा गुणस्तर बृद्धी गर्दै अन्तराष्ट्रिय बजारमा पनि उत्कष्ट रिसोर्टका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । नेपाली होटल तथा रिसोर्टले अन्तराष्ट्रिय क्षेत्रमा प्राप्त गरेको सफलताले पर्यटन प्रबद्र्धन र यहाको सेवा सुविधा प्रतिको विश्वासनियतालाई अझ बृद्धि गर्ने उनको विश्वास छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*