September 23, 2021

पर्यटन प्रवर्धनका लागि टान र भिटोफ नेपालले संयुक्त पहल गर्ने बाह्र बुदे सम्झौता पत्रमा हस्ताक्षर

शिखरपोष्ट

काठमाडौं, ११ साउन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले मुलुकको पर्यटन प्रवर्धन तथा विकासका लागि संयुक्त रुपमा काम गर्ने भएका छन् । सम्भावना हुँदाहुँदै पनि विभिन्न कारण ओझेलमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनार्थ संयुक्त पहल गर्न दुईटै संस्था सहमत भएका हुन् ।

बुधबार टानको सचिवालयमा आयोजित एक समारोहबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ । १२ बुदे उक्त सम्झौता पत्रमा टानको तर्फबाट अध्यक्ष चन्द्र रिजाल र महासचिव कर्ण लामा तथा भिटोफ नेपालको तर्फबाट अध्यक्ष रामप्रसाद सापकोटा (कमल) र महासचिव बासुदेव पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि अब आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि दुवै संस्थाले सक्रिय भूमिका निर्वाह गर्नेछन् । त्यस्तै पर्यटकीय पूर्वाधारको काम, पर्यटकको लक्षित संख्या पु¥याउने र नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन तथा विकासलगायतमा टान र भिटोफ नेपालले सहकार्य गर्नेछन् । त्यसैगरी दुई संस्थाको संयुक्त पहलमा स्थानीयलाई शीप सिकाउने तथा व्यवसायिक बनाउने, अर्गानिक एग्रो टुरिजम प्रडक्टको खोजी, व्यवस्थापन तथा प्रवद्र्धन गरिने छ भने आर्थिक वर्ष २०७४/०७५सम्म मुलुकभित्र कम्तिमा तीन वटा पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन तथा विकास गर्ने सम्झौतामा उल्लेख छ ।

यी दुई संस्थाले प्रवद्र्धन गर्ने नयाँ पर्यटकीय गन्तव्यमा कम्तिमा २५वटा भन्दा बढि घरधुरी हुनुपर्ने, एक सय भन्दा बढि जनसंख्या हुनुपर्ने, प्रसस्त पानी हुनुपर्ने, स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नुपर्ने, स्थानीय जनजातिको संस्कृति, संस्कारको उजागर गर्नुपर्ने, पर्यटकको लागि प्रयोग हुने खाद्य पदार्थहरु विसादीविनाको अर्गानिक हुनुपर्ने तथा सम्बन्धित गन्तव्य पुग्नका लागि स्पष्ट बाटोको पहिचान हुनुपर्ने जस्ता मापदण्डहरुसमेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रअनुसार आर्थिक वर्ष २०७३/०७४को लागि टानले अघि बढाएको प्रवद्र्धनात्मक कामलाई निरन्तरता दिने र थप प्रोजेक्टलाई आवश्यक पर्ने आवश्यक रकमको व्यवस्था दुइटै संस्थाले गर्नुपर्ने, टानले सुपरभाइज गरेको प्रोजेक्टमा भिटोफ नेपालले सहयोग गर्नेछ ।
भिटोफ नेपालले गर्ने सबै प्रोजेक्टहरु खरिद ऐन अनुरुप हुनुपर्ने तथा थप प्रोजेक्ट अगाढि बढाउनका लागि भिटोफ नेपालको प्रस्तावअनुरुप टानले बजेटिङ गर्ने र प्रोजेक्ट पूरा भएपछि भिटोफले अन्तिम रिपोर्ट बुझाउनुपर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रोजेक्टको लागि एउटै संयुक्त लोगो प्रयोग गर्ने तथा प्रोजेक्ट अगाडि बढाउने क्रममा आइपर्ने हरेक खालका समस्याहरुको आपसी सहमतिमा समाधान गर्ने तथा पर्यटनसँग सम्बन्धित जानकारीहरु आपसमा आदनप्रदान गर्ने पनि सम्झौता पनि भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गरेपश्चात प्रशन्न मुद्रामा प्रस्तुत भएका टानका अध्यक्ष चन्द्र रिजाल र भिटोफ नेपालका अध्यक्ष राम प्रसाद सापकोटा (कमल)ले दुईपक्षीय सम्झौता ऐतिहासिक भएको भन्दै दुईटा संस्थाको संयुक्त पहलबाट मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा ठूलो योगदान पु¥याउने प्रतिक्रिया दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*