August 4, 2021

जन्मदिनमा रक्तदान

श्रावण ९ पोखरा ।
हिजो आज अधिकांश युवायुवतीहरु केक काटेर, घुमघाम या रमाईलो गरेर आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर स्याङ्जा हरिनास गाउँपालिका वडा नं.२ गौरीस्वाराका युवक प्रकाश पौडेलले भने श्रावण ८ गते परेको जन्म दिनमा रक्तदान गर्नुभएको छ । पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्नुभएको हो ।

विगत ७ वर्षदेखि पोखरामा बस्दै आउनुभएका २५ वर्षिय पौडेलले रमाईलो गरेर जन्मदिन मनाउनु भन्दा रक्तदानमा सरिक हुदा खुसी मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘जुनसुकै बेला दुर्घटना या रगतको कमि भएको बेला आवश्यक पर्ने रगत दान गर्नुनै पुण्य प्राप्त गर्नु हो, मैले दिएको रगतले अरु कुनै व्यक्तिको जीवन बचाउन सकिन्छ भने किन रक्तदान नगर्ने ?

केन्द्रका प्राविधिक माधव पोखरेलले जन्मदिन रक्तदान गरेर मनाएकोमा धन्यवाद दिदै अगाडी भन्नुभयो–‘कसबैले यसरी मनाउने हो भने रगत अभाव र विभिन्न स्थानमा गएर रक्तदान कार्यक्रम पनि गरिरहनु पर्ने थिएन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*