December 9, 2021

यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो

पोखरा २२ असार । यति एयरलाइन्सको एक जहाज बिहीबार पोखरामा दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट यात्रु लिएर आएको ६०७ (नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको जेट विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।

विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएको थियो । लक भएपनि कुनै क्षति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए । उनले भने, ‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज हृविल लक भयो, जसका कारण विमान दायाँ—बायाँ मोड्न मिलेन । तर, क्षति भने केहीपनि भएन ।’

रन—वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो । अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन(वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*