October 25, 2021

दक्षिण एसियाकै ठूलो गुफा गुप्तेश्वर पक्की भवन र बाक्लो बस्तीका कारण जोखीममा

तारा बहादुर वि.सी.

२०७४ असार १ पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो बस्ती र पक्की भवनको कारण गुफा जोखिममा परेको छ। गुप्तेश्वर गुफा भित्रभित्रै ठूलो परिमाणमा माटो र चट्टान खस्न थालेपछि गुप्तेश्वर गुफा व्यवस्थापन समितिले संरक्षणको पहल थाले पनि उक्त प्रयास सफल हुन सकेको छैन ।

गुप्तेश्वर गुफामा दैनिक ५ सय देखि १ हजार आन्तरकि तथा वाह्य पर्यटकहरुले अवलोकन गर्दछन् गएको वर्ष असोजमा वर्षाको समयमा चार महिना बन्द भएपछि खोलेर हेर्दा गुफाभित्र पाताले छाँगो देखिने ठाउँ नजिकै ठूलो परिमाणमा माटो खसेको थियो । यसले व्यवस्थापन समिति गुफा नै खतरामा परेको भन्दै गुफा माथि निर्माण भएका घर र राजमार्ग अन्यत्र सार्नु पर्ने गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले माग राखेका छन् ।

दक्षिण एसियाकै ठूलो गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइमा रहेको समितिको भनाई छ। गुफा र पातले छाँगोसम्म १ सय ३३ वटा घरहरु छन् भने गुफामाथि नै राजमार्ग छ हेवी मालबाहक ट्रक देखि लिएर बस लगाएत धेरैै सवारी साधनहरु दैनिक ५, ६ सयका हाराहरीमा ओहोर दोहर तथा पार्कीङ्ग गरीरहन्छन् ठूला पक्की भवन बन्नु पनि यो कमजोर हुनुको अर्को ठुलो कारण रहेको छ । २०४९ पुस ९ गते स्थानीयले पत्ता लगाएको उक्त गुफा २०५१ जेठ २ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको छ ।

गुफा पत्ता लगाउँदा त्यसमाथि एउटा घर नभएको गुप्तेश्वर गुफाका पुजारी बताउछन् । अहिले आएर १ सय ३३ वटा घरहरु छन् अझ पनि स्थानीयले गुफामाथि घर बनाउने काम रोकेका छैनन् । सम्बन्धीत निकायले यसतर्फ ध्यान नदीएका कारण आज दक्षिण एसियाकै ठूलो गुफा मासिन के बेर ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*