December 4, 2021

ठूलो दुर्घटना हुन बाट जोगीयो बुद्ध एयर विमान

काठमाडौं १ असार । पोखराबाट काठमाडौं गएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । बिहीबार मध्यान्ह ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पार्किङ- वेमा राखिएको भर्‍याङमा ठोक्किएको हो ।

विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्‍याङमा ठोकिएपनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा क्षति पुगेको स्रोतले बतायो ।

यात्रुहरुले पनि दाहिने पँखेटा ठोकिएको बताएका छन् । विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नगागेकाले ठूलो दुर्घटना हुन नपाएको विमानका यात्रु नरेश भट्टराईले जानकारी दिए । फोनिज कास्कीका अध्यक्ष एमबी आस्थाले पनि आफ्नो फेसबुकमा तस्विर सहित विमान दुर्घटनाबाट जोगिएको जानकारी गराएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*