September 23, 2021

सामाजिक सञ्जाल पर्यटन प्रवद्र्धनको सूचक

धन बस्नेत , पोखरा २५ जेठ । ट्वीटर, फेसबुक, इन्स्टाग्राम र ह्वाट्एप समाजिक सञ्जाल हुन् । सामाजिक सञ्जाल यतिबेला पर्यटनको बजारीकरण गर्ने महत्वपूर्ण सूचकको रुपमा रहेका छन् । नयाँ ठाँउ, फोटो अपलोड । सामाजिक सञ्जालमा देखिने युवापुस्ताको दैनिकी हो । अनि साथीभाइको आउने कमेन्टले मार्केटिङ गरेको छ । कमेन्टले अरुलाई घुमफिर गर्न प्रेरित गरेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने दरिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार बन्दै गएको छ ।

सूचना प्रविधिको पहुँच बढ्दै गएको छ । इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालले पर्यटन प्रवद्र्धन गर्न मार्केटिङको भूमिका खेलिरहेको छ । भ्रमणको क्रममा फेसबुकमा राखिएको फोटोले अरुलाई घुम्नको लागि अभिप्रेरित गर्दै आएको छ । ‘सोसियल मिडियाले पर्यटन प्रवद्र्धनको लागि मार्केटिङ गरेको छ ।’ ट्रिप एडभाईजरको सहकार्यमा नेपाल पर्यटन बोर्डद्वारा बिहीबार आयोजित सोसियल मिडिया मार्केटिङ वर्कसपमा पाटाका डिजिटल एक्स्पर्ट ड्यामिन कुकले भने—‘सामाजिक सञ्जालमा राखिने सुन्दर शब्दहरुको बर्णनले पनि पर्यटनको मार्केटिङलाई सकारात्मक भूमिका खेलिरहेको हुन्छ ।

सामाजिक सञ्जाल विशेष गरी सूचना आदान प्रदान, ठाँउ विशेषको कथा वर्णन, बस्तुगत अवस्थाको चित्रण र सृजनात्मक गतिविधिले पनि मार्केटिङको काम गरिरहने उनको भनाई थियो । आफनो कार्यपत्र प्रस्तुत गर्दै उनले भने—‘व्यक्ति नै ट्राभल एडभाईजर हो । होटलमा दिईने सुविधामा अतिरिक्त शुल्क लगाईयो भने त्यो सबैभन्दा घातक हुन्छ ।’ उनका अनुसार होटलमा बस्दा विजुलीको शुल्क, पानीको शुल्कमात्रै नभई वाईफाईको शुल्क लिने प्रवृत्तिले पनि मार्केटिङमा नकारात्मक असर पु¥याउँछ ।

‘उत्पादनलाई देखाउ । जुन बजारीकरण गर्न सहज हुन्छ ।’ उनको भनाई थियो । सामाजिक सञ्जालले प्रत्यक्ष मार्केटिङको काम गरिरहेको स्वयं पर्यटन व्यवासयी बताउँछन् । अपलोड गरिएको फोटोले नै लोभ्याउँने गरेको छ, घुम्न जान अभिप्रेरित पनि हुने गरेका छन् । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धन गर्न बिबिसी, रोयर्टस तथा ट्रिप एडभाईजरसँग सहकार्य गर्दैआएको छ । सहकार्य अनुसार ट्रिप एडभाईजरसँगको सहकार्यमा पोखरामा अभिमुखीकरण गरिएको हो ।

टान पश्चिमाञ्चल च्याप्टरको पुर्व अध्यक्ष टिकाराम सापकोटाका अनुसार पोखराबाट विशेष गरी अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ्रे बेसक्याम्प, राउण्ड अन्नपूर्ण पदयात्रा तथा मर्दी हिमाल टे«किङमा जानेमा बढी आन्तरिक पर्यटक छन् । आन्तरिक पर्यटकले घुमेका ठाँउहरु दैनिकजसो अपलोड गर्दा अरुलाई घुम्नको लागि प्रेरित र हौसला थप्ने गरेको उनको भनाई छ । ‘सामाजिक सञ्जलमा राखिएको फोटो र त्यसको वर्णनले पनि आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने गरेका छन् । पश्चिमाञ्चल होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुलीले भने—‘जसको प्रत्यक्ष प्रभाव पोखरामा पनि देखिएको छ । पदयात्रा क्षेत्रमा अझ बढी छ ।

कार्यक्रममा पोखराका पर्यटन क्षेत्रसँग सम्बन्धीत विभिन्न दुईसय भन्दा बढी व्यवसायीहरुको संलग्नता थियो । पर्यटन बोर्डले आगामी दिनमा चितवन र लुम्बिनीमा समेत अभिमुखीकरण कार्यक्रम गर्ने जनाएको छ । ‘साना कुराहरुले पनि मार्केटिङलाई असर पु¥याईरहेको हुन्छ ।’ डिजिटल एक्स्पर्ट ड्यामिन कुकले भने—‘त्यस तर्फ हामीले विशेष ध्यान दिन जरुरी छ ।’ कार्यक्रममा ट्रिप एडभाईजरका एशिया प्रमुख सारा म्याथुज समेत पोखरा आएका छन् ।

by: peacepokhara

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*