काठमाडौं १६ जेठ । होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल रेडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ।
मंगलबार बिहान भैँसेपाटीस्थित निवासमा ६८ वर्षको उमेरमा उनको निधन भएको हो। क्यान्सर संक्रिमित उनको अस्पतालमा सघन उपचारपछि चिकित्सकले निवासमै उपचार गर्दै आएका थिए। श्रेष्ठले सन् २०१४ देखि २०१६ सम्म हानको अध्यक्षको भूमिका निर्वाह गरेका थिए। श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट संक्रिमित थिए।
श्रेष्ठका श्रीमती र तीन छोरी छन्। जेठी छोरी अमेरिकामा छिन्। माइली छोरीले रेडिसनको व्यवस्थापन हेर्दै आएकी छिन्। कान्छी छोरी काठमाडौंमै अध्ययनरत छिन्।
श्रेष्ठ ४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय थिए। श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभलको ट्राभल एजेन्सी स्थापना गरेर पर्यटन क्षेत्रमा लागेका थिए। त्यही ट्राभल कम्पनीमार्फत् सफलता हात पार्दै उनी होटल व्यवसायतर्फ लागेका थिए। उनीले स्थापना गरेको रेडिसन काठमाडौंका उत्कृष्ट पाँचतारे होटल माननिन्छ।
Leave a Reply